ढुँगा सम्झिएको चीज मोती निक्लिएपछि रातारात बनायो अरबपति

एजेन्सी । आगोले घर त खरानी भयो तर त्यही बेला पत्ता लागेको एक अमूल्य व्यस्तुले एक माझिको जीवन नै बदलिदिएको छ।

माछा पारेर आफ्नो जीवन चलाउँदै आएका एक माझिको जीवन एक अमूल्य बस्तुले रातारात परिवर्तन गरिदिएको हो। फिलिपिन्सको पलावनस्थित आइल्याण्डमा बस्दै आएका एक माझिले ३४ किलोको एक ढुंगा भेटाएका थिए।

जसलाई उनले १० वर्षदेखि ‘गुड लक’ सम्झेर खाटको मुनी राखेका थिए। उनले सोचेका पनि थिएन की उक्त ढुंगा त्यति अमूल्य होला भन्ने ।

एक दिन उनको घरमा आगलागि भयो । सामान सार्ने क्रममा ती माझिले खाट मूनीबाट उक्त ढुंगा पनि निकाले । जति वेला त्यहाँ एक टुरीष्ट अफिसर एलिन सिंथिया मगैय त्यहाँ पुगेका थिए।

जो माझिका आफन्त हुन्। उनको नजर उक्त ढुंगामाथि पर्यो। उनले माझिलाई भने यो कुनै साधारण ढुंगा हैन, यो अहिलेसम्मकै सबैभन्दा ठूलो मोती हो।

यसको मुल्य करीब ९ अरब ५३ करोड रुपैयाँ पर्दछ। उक्त कुरा थाहाँ पाएपछि माझिको खुसीको सिमा नै रहेन्।

कसरी फेला परेको बहुमुल्य बस्तु ?

२००६ मा माछा मार्न जाने क्रममा माझि अचानक समुद्रको तुफानमा फसेका थिए। उनको ज्यान त्यही ढुंगाका कारण बचेको थियो।

उक्त ढुंगा निकै सुन्दर र आकर्षक थियो। जसका कारण उनले उक्त ढुंगालाई गुड लक मानेर १० वर्षदेखि खाटको मुनी राख्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *