सेनाको २४ करोड डुबाउने वित्तिय संस्था कुन कुन हुन ?

नेपाली सेनाको कल्याणकारी कोषको २४ करोड डुबाउने ‘ग’ वर्गका वित्तिय संस्थाको नाम सार्वजनिक भएको छ ।

बाहलवाला र भूतपूर्व सैनिकको कल्याणकारी काम गर्ने कोषले राम्रो ब्याजदरका लागि रकम राखेका क्यापिटल मर्चेन्ट, युनिटी विकास बैंक, सम्झना फाइनाइन्स, नेशनल फाइनाइन्सलगायतका फाइनान्समा रहेको २४ करोड उठाउन सेनालाई मुस्किल भएको छ ।

सैनिक मुख्यालयमा गरिएको पत्रकार सम्मेलनमा कल्याणकारी कोषका विभिन्न कामको चर्चा गर्दै आम्दानीको स्रोत वित्तिय संस्थामा बचत गरिएको रकमको व्याज नै भएको बताइएको थियो ।

कल्याणकारी कोषले शिक्षा, स्वास्थ्यका क्षेत्रमा लगानी गर्दै आएको छ । डुबेको रकम उठाउनका लागि सैनिक अधिकारी र सम्बन्धित वित्तिय संस्थाबीच पहल भइरहेको जानकारी गराइएको थियो ।

कल्याणकारी बोर्डले यस आर्थिक बर्षदेखि वित्तिय संस्थामा रकम जम्मा गर्दा राष्ट्र बैंकले तोकेको ‘क’ वर्गको वाणिज्य बैंक रोज्ने बताइएको छ । सेनाले टेन्डर आह्वान गरी बाणिज्य बैंकसँग कारोबार गर्नेछ ।

सैनिक कल्याणकारी योजना निर्देशनालयका प्रमुख सहायक रथी प्रदीपकुमार अधिकारीले सेनाको डुबेको रकम उठाउनका लागि विभिन्न प्रकारले सम्बन्धित निकायसँग परामर्शहरू र तरिका अपनाउन थालिएको बताए ।

बार्षिक ४ अर्बका कार्यक्रम गरीररहेको सेनाले मेडिकल शिक्षालाई प्राथमिकतामा राखेको छ भने अस्पतालका सेवालाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ । उसले सैनिक परिवारको छात्रवृत्तिलाई पनि बढाउने तयारी गरेको छ ।

Leave a Reply