नेपालमा नयाँ कानुन : अब बच्चाले अामाको गर्भमा नै अंश पाउने !

काठमाडौं : हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् ।

आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो ।

सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था हाल व्यवस्था थियो । तर अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने भएको छ ।

समान अंशका लागि र खासगरी छोरीलाई कानूनीरुपमा नै अंश दिलाउन योगदान पु¥याउनुभएकी अधिवक्ता मीरा ढुंगानाले रासससँग कुरा गर्दै भने, ‘समान अंशका लागि कानूनीरुपमा निकै लडाइँ लड्नुप¥यो, अब गर्भकै शिशुले अंश पाउने भएका छन्, त्यो निकै राम्रो व्यवस्था हो ।’

आमाको गर्भमा हुँदादेखि नै अंश पाउने कानूनी व्यवस्था भएपछि छोरा र छोरीमा हुने विभेदको अन्त्य भएको उहाँको भनाइ छ । यो नयाँ व्यवस्थाले छोरालाई बढी प्राथमिकता दिने परिवारले पनि बाध्य भएर छोरीलाई पनि समान हक दिनुपर्ने छ ।

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बच्चा आमाको गर्भमा रहँदैको अवस्थामा नै अंश पाउने राम्रो कानूनी व्यवस्था भएको हो । त्यो व्यवस्था हालसम्म थिएन ।

‘अंशबंण्डाको अवस्थामा अंशियार महिलाको गर्भबाट जन्मने बच्चाले पनि समान अंश पाउने छ, यदि बच्चा मृतावस्था जन्मिएमा वा गर्भ खेर गएमा त्यो सम्पत्ति सगोलमै भाग लाग्ने छ’ वरिष्ठ अधिवक्ता पाठकले भनिन् ।

वरिष्ठ अविधक्ता डा चन्द्रकान्त ज्ञवालीका अनुसार हालसम्म आफैंले सक्षम भएर अंश माग्दा १६ वर्ष पुग्नुपर्ने व्यवस्था थियो । तर अब १८ वर्षसम्मलाई बालककै अवस्थामा राखेको छ । उनले थपे ,‘आमाको गर्भमै रहँदा अंश पाउने भएपछि यसले समानताको सिद्धान्तलाई अनुशरण गरेको छ, जुन प्रभावकारी र उपयुक्त व्यवस्था हो ।’ आगामी भदौ १ देखि अंशबण्डा गर्दा अंशियार गर्भवती महिलाको बच्चालाई पनि समानरुपले अंश छुट्टयाउनु पर्नेछ । रासस

दुनियाँका सबैभन्दा मूल्यवान पदार्थ : एक ग्रामको १० खर्ब डलर

सुन महंगो हुन्छ भन्नेमा विवाद छैन । तर विश्वमा यस्ता पदार्थहरु छन् जो सुनभन्दा कैयौँ गुणा बढि महंगा छन् । केही खानेकुरादेखि लिएर क्रिम र पत्थरहरु यतिधेरै महंगा छन् जसको सानो भन्दा सानो अंश किन्ने कुरा समेत सामान्य मानिसले सोँच्न सक्दैन । विश्वका सबैभन्दा महंगा १९ वटा पदार्थ यस्ता छन्-

१. एन्टी म्याटर- यो यस्तो पदार्थ हो जुन एन्टीपार्टिकल अर्थात विपरित कणबाट बनेको हुन्छ । यस्तो पार्टिकलको पिण्ड सामान्य पदार्थकै जस्तो हुन्छ तर चार्ज भने विपरित हुन्छ । यो पदार्थको मूल्य एक ग्रामको १० खर्ब डलर पर्छ । वैज्ञानिकहरुले यसलाई भविष्यमा अन्तरीक्षयानको इन्धनको रुपमा प्रयोग गर्न सकिने बताएका छन् ।

२.क्यालिफोर्नियम २५२- क्यालिफोर्नियम तत्वको एक आइसोटोपको रुपमा रहेको यो पदार्थको मूल्य एक ग्रामको २ करोड ७० लाख डलर पर्दछ । यसले पानी र तेलबीचको तह छुट्टाउने काम गर्छ ।

३. पेइनाइट- यसको मूल्य प्रति ग्राम ३ लाख डलर पर्छ । यो सबैभन्दा दुर्लभ पत्थर हो ।

४. हिरा- यो सबैले सुने जानेकै बहुमुल्य पत्थर हो । यसको मूल्य एक ग्रामको ६५ हजार डलर सम्म पर्छ ।

५. ट्राइटियम- यसको मूल्य प्रतिग्राम ३० हजार डलरसम्म पर्छ र यसको प्रयोग ठूला होटेल, भवनहरुको गेटमा संकेत सूचक चम्किने पदार्थको रुपमा गरिन्छ ।

६. टाफेइट- यसको मूल्य प्रतिग्राम २० हजार डलर सम्म पर्छ । यसलाई पनि गहनामा पत्थरकै रुपमा प्रयोग गरिन्छ । ७. प्लुटोयिनम- यसको मूल्य एक ग्रामको झण्डै ४ हजार डलर पर्छ । यसको प्रयोग खासगरी आणविक उर्जा उत्पादन तथा हतियार निर्माणमा हुन्छ ।

८. एलएसडी- यसको मणिभलाई प्रतिग्राम ३ हजार डलर पर्छ ।
९. क्रयाक कोकाइन- यसको मूल्य ६ हजार प्रतिग्रामसम्म पर्छ । यो एक प्रकारको लागु औषध हो ।

१०. मेथाफेटामाइन- यसको मूल्य प्रतिग्राम १२० डलर सम्म पर्छ । यसको प्रयोग पनि लागु औषधकै रूपमा गरिन्छ ।

११. हेरोइन- उच्चस्तरको हेरोइनको मूल्य ११० डलर प्रतिग्राम सम्म पर्छ ।

१२. क्रिम डे ला मेर- यो विश्वको सबैभन्दा महंगो क्रिम हो । यसको मूल्य प्रतिग्राम ७० डलर पर्छ ।

१३. गैँडाको खाग- गैँडाको खाग निकै मूल्यवान हुन्छ र प्रतिग्रामको ५५ डलर सम्म पर्दछ । यसलाई विभिन्न औषधिय प्रयोजनका लागि प्रयोग गरिन्छ ।

१४. प्लाटिनम- प्लाटिनमलाई क्यान्सर प्रतिरोधी औषधि निर्माणका साथै गरगहना तथा वैज्ञानिक प्रयोगमा समेत उपयोग गरिन्छ । यसको मूल्य एक ग्रामको ४८ डलर पर्छ ।

१५. रोडियम- कार्वन उत्सर्जन कम गर्ने पदार्थको रुपमा इन्जिनमा समेत प्रयोग गरिने यो तत्वको मूल्य प्रतिग्राम ४५ डलर पर्दछ ।

१६. सुन- मूल्यका हिसाबले सुन विश्वको १६ औँ मूल्यवान पदार्थमा पर्दछ । गहना मात्र नभै अन्य विभिन्न विद्युतिय प्रयोजनमा समेत प्रयोग हुने सुनको मूल्य एक ग्रामको झण्डै ४० डलर पर्दछ ।

१७. इरानी बेलुगा काभियार- अल्मास समेत भनिने यो बहुमुल्य माछाको अण्डा हो । यी अण्डा निकै स्वादिष्ट मानेर खाइन्छ र यसको मूल्य प्रतिग्राम ३५ डलर पर्छ ।

१८. स्याफ्रोन- यो विश्वको सबैभन्दा महंगो फूल हो । औषधी निर्माणमा प्रयोग गरिने यो फूलको मूल्य प्रति ग्राम ११.१३ डलर पर्छ ।

१९. ह्वाइट ट्रफल्स- यो विश्वको सबैभन्दा महंगो च्याउ हो । यसको मूल्य एक ग्रामको ५ डलर पर्छ ।

झुकिएर पनि भगवानको यस्तो प्रतिमा घरमा राख्नु हुँदैन, कंगाल भइन्छ !

एजेन्सी, २२ साउन । भगवानको दर्शन गर्न साथै प्रार्थना गर्नको लागि मन्दिर जाने गरिन्छ भने आफ्नै घरमा पनि मन्दिरको स्थापना गरेर पूजा गर्ने गरिन्छ। घरमा मन्दिरमा कस्तो प्रतिमा राख्ने भन्ने विषयमा चाहिँ धेरैनै दुविधा हुने गर्छ। धार्मिक ग्रन्थ अनुसार केहि मूर्तिहरु यस्तो पनि हुन्छन् कि घरमा स्थापना गर्ने बितिकै पनि घरमा शुभ सङ्केतहरु देखा पर्ने गर्छन्।

तर यस्तै केहि भगवानको मूर्तिको गलत स्थानमा स्थापना गर्दा भने नोक्सान पनि पुग्न जाने हुन्छ। आज हामी यस लेखमा केहि भगवानको मुर्तीहरुको बारेमा चर्चा गर्ने छौं, जसको दर्शन गर्दा मात्रै पनि गलत असर पर्ने गर्छ। भन्ने गरिन्छ कि एकै पूजा घरमा एकै भगवानको दुई मूर्ति कहिले पनि राख्न हुँदैन। यसो गर्नाले घर-परिवारमा झगडा बढेर जाने गर्छ।

भगवानको मूर्ति स्थापना गर्दा भगवानलाई आफ्नो पिठीउ देखिने गरि स्थापना गर्नु हुँदैन। यदि कुनै पनि प्रकारको मूर्ति फुटेमा अथवा खण्डित भएको अवस्थामा मूर्तिलाई जलमा बगाइदिने पर्ने हुन्छ। यदि फुटेको मूर्ति पूजा घरमानै राखेमा भने परिवारमा नकरात्मक ऊर्जाको असर पर्ने मान्यता रहेको छ। घरमा राखिने मूर्ति अथवा भगवानको प्रतिमामा भगवान क्रोधित भएको हुनुहुँदैन।

घरमा राखिने भगवानको प्रतिमामा भगवान जहिले पनि प्रसन्न भएको हुनुपर्ने हुन्छ। यति मात्र नभई पूजा घरमा भगवान युद्धको लागि तायरा भएको प्रतिमा राख्न नहुने धार्मिक विश्वास रहेको छ।

जिरा खानुहोस् मोटोपना घटाउनुहोस् जिराले घटाउँछ मोटोपना,दुई हप्तामा घटाउनुहोस् ५ केजी वजन(भिडियो सहित)……एक/एक सेयर गरौ

मोटोपना आधुनिक जीवनशैलीमा सबैजसोको लागि समस्या बनिरहेको छ । शारीरिक काम कम हुनु र मानसिक काम बढी हुने हुनाले पनि मोटोपना बढिरहेको छ । त्यस्तै खानपिनको शैलीले पनि शरीरको मोटोपना बढाइरहेको छ । मोटोपनाको लागि भान्साको सामान पनि औषधि सिद्ध हुन सक्छ ।

भिडियोः

जीरा सबैजसो नेपाली भान्सामा हुने मसला हो । यसलाई तरकारी तथा अचारका परिकारहरु बनाउन प्रयोग गरिन्छ, जसले स्वादलाई बढाइदिन्छ । स्वादको लागि सधै भान्सामा प्रयोग गरिने यो जीरा औषधी पनि हो । जीरामा आइरन, क्याल्सियम, म्याग्नेसियम,जिंक, फस्फोरस जस्ता तत्वहरु हुन्छन् । यी तत्वहरुले गर्दा जिराले धेरै रोगहरुको लागि औषधीको काम गर्नुका साथै मोटोपना पनि छिटो घटाईदिन्छ ।

मोटोपना घटाउनको लागि हरेक राती सुत्नुभन्दा अगाडी दुई चम्चा जीरालाई एक गिलास पानीमा भिजाउनुपर्छ । बिहान उठेर त्यो पानि उमालेर पिउनुपर्छ । पिउँदा एकैपटक नभई एकएक घुड्की गर्दै पिउनुपर्छ । पानी पिएर सकेपछि बाँकी रहेको जीरा चपाएर खानुपर्छ । त्यस्तै, पचास ग्राम दहीमा एक चम्चा जीरा मिसाएर हरेक दिन खानाले पनि मोटोपना घट्छ । मोटोपना घटाउनको लागि जीरलाई गाँजरको सुपमा मिलाएर पकाउने र त्यसमा कागती, अदुवा, दही राखेर पनि खान सकिन्छ ।

मोटोपना घटाउनको लागि मानिसहरु ब्राउन राइस खाने गर्छन् । त्यो ब्राउन राइसमा जिरा मिलाएर पकाउने र खाने गर्नाले मोटोपना छिटो घट्छ । जिराले ब्राउन राइसको स्वाद पनि मीठो बनाइदिन्छ । जीराले पेटको पाचन शक्तीलाई बढाइदिन्छ । जिरा खानाले पेट फुल्ने, ग्याँस भरिने समस्या हट्छ । जिराले हृदयघातबाट पनि बचाउँछ , यसले कोलेस्ट्रोल घटाईदिन्छ । जीराले रगत पनि सफा गराइदिने र बढाउने गर्छ । विद्यार्थीहरुका लागि पनि जीरा खानु लाभदायक हुन्छ , किनकी यसले स्मरणशक्ती बढाइदिन्छ ।

डाकाहरू सँग प्रतिकार गरेर महिला बचाएका केसीको मकाउभरी चर्चा , नेपालीको चौतर्फी प्रसंशा

२२ साउन, मकाउ । मकाउमा कार्यरत एक नेपालीक युवाको बहादुररीको अहिले मकाउमा प्रसंसा अनि चर्चा चलेको छ । मकाउमा कार्यरत लम्जुङका राम बहादुर केसीले डाकासँग प्रतिकार गरेर दुई महिलाको जिउज्यान र धन बचाइदिएकोमा प्रसंसा र चर्चा गरिएको हो । उनको मकाउबाट प्रकाशित मकाउ पोष्ट लगायतका पत्रिकाहरुहरुमा पनि नाम आएको छ । रातिको डिउटीका लागि डाइनेस्टीतर्फ जाने क्रममा सन्मालोबाट आफ्नो गन्तव्यतर्फ जान लागेका केसीले दुईजना महिलाहरु चिच्याएको (चोर–चोर) भनेको सुनेपछि केसी उनीहरु चिच्याएतर्फ दौडिएर गए । त्यहाँ पुग्दा एकजना मानिस ति महिलाको ब्याग खोसेर भागिरहेका थिए भने महिलाहरु चिच्याइरहेका थिए । उनी चोर भएतिर दौडिए । उनले चोरलाई समाएर ती महिलाको व्याग पनि फर्काउन सफल भए तर उनी चोरको प्रतिकार गर्नेक्रममा घाइते भए ।

केही समय भएको लडाइमा चोरी गर्ने ती व्यक्तिले पछाडिको पकेटबाट छुरा निकालेर केसीको पाखुरा, कोखामा प्रहार गर्दा उनी घाइते भएका हुन् । उनले आफू घाइतेरहेको अबस्थामा पनि चोरी गर्ने व्यक्तिलाई प्रहरीलाई पक्राउन सफल भएरै छाडे । अहिले केसीको अस्पतालमा उपचार भइरहेको उनी खतरामुक्त भएको बताइएको छ । प्रहरीले उक्त चोरीगर्ने मानिस गैरकानुनी रुपमा मकाउ प्रवेश गरेको पत्ता लगाएको छ । इलिगल रुपमा पसेर चोरीमा संलग्न रहेको मानिसलाई पक्राउ गर्न केसीको सहयोग पुगेको भन्दै प्रहरीले उनको सह्राना गरेको छ ।

केसीको बहादुरीको प्रसंसा गर्दै उनी कार्यरत सेक्युरेटी कम्पनीले उनको उपचारको समग्र खर्च बेर्होने जनाएको छ । साथै उनलाई आरामगर्न भन्दै कम्पनीले १५ दिनको विदा समेत दिएको केसीले बताएका छन् । मकाउ म्यानेजमेन्ट कम्पनीमा कार्यरत उनी मकाउ बडिविल्डिङ एसोसियसन नेपाल मकाउको टेक्निसियन युबा संयोजक रहेको पनि मकाउ नेपाल बडिविल्डिङ मकाउका सभापति बाबा भाई (सृजन) ले बताएका छन् ।

कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो – जानी राखौ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ ।

जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु ।

के हो मुलाङ्क ? कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने तपाइँको मुलाङ्क १ हो तर ११ गते हो भने १+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १+४= ५ हुन्छ । ९ सम्मको मुलाङ्क भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने ज्योतिषको दावी छ ।

तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र कलहले भरिएको हुन्छ । यिनीहरुको जीवनमा सँधै झगडा हुन्छ । यदि केटाको मुलाङ्क २ छभने त्यस्ता केटालाई १ देखि ७ सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ ।

जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो । तत्र जीवनभर कलह भोग्नु पर्ने हुन सक्छ ।जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो । जसको मुलाङ्क ५ हुन्छ त्यस्ता पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ । जुन केटाको मुलाङ्क ६ हुन्छ त्यस्ता केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ ।

मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ । ८ मुलाङ्क हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क भएकी केटी जोडी ठिक हुन्छ । जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो मानिन्छ । तर यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राखुन् हुँदैन ।

आज मंगलबार को दिन भुलेर पनि गर्न नहुने पाँच कामहरु ….

मंगलबार को दिन कस्ता कस्ता कामहरू गर्न हुदैन?यहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुने काम तल उल्लेख छ ।

सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।

मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन् त मंगलबारको दिन गर्न नहुने कामहरुः

मंगलबारको दिन गर्न नहुने ५ काम

१- मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

२- मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

३- मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

४- मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।

५- मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

यी हुन् अढाइ वर्षमै ७ करोड भ्रष्टचार गर्ने अधिकृत

पत्नी, काकी, सासु, साढु, साथीकी पत्नीका नाममा सम्पत्ति लुकाएको आशंका

काठमाडौं : अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता भएका व्यक्तिलाई बाँड्न छुट्याइएको रकम पत्नी, सासु र काकीको खातामा सारेको फेला परेको छ ।

‘ढकालविरुद्ध उदयपुरको कटारी र इलामको माई नगरपालिकामा रहँदा भ्रष्टाचार गरेको अभियोग दाबीसहित दुई वटा मुद्दा दर्ता भएका छन् । एउटामा सोमबारै बयान सकिएको छ । अर्कोमा मंगलबार बयान र थुनछेक हुने छ,’ विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले भने ।

अख्तियारले ढकाललाई वैशाख १२ मा ज्ञानेश्वरबाट पक्राउ गरेको थियो । सिन्धुलीका ढकाल २०७२ मंसिर १५ मा सेवा प्रवेश गरेका हुन् ।

इलामको माई नगरपालिकाबाट कटारीमा सरुवा भएको डेढ महिनामै ढकालले चार करोड रूपैयाँ निजी खातामा राखेको खुलेको छ ।

ढकाल एक वर्ष नौ महिना माई नगरपालिकामा बसेर कटारीमा सरुवा भएका हुन् । अख्तियारले कटारी र माई नगरपालिका दुवैको फाइल झिकाएर छानबिन गरेको थियो । सरकारी खाताबाट आफन्तका नाममा रकम हालेर पुनः आफ्नो नाममा ‘ट्रान्सफर’ गरिएको छ ।

सोलु सल्लेरीको जनस्वास्थ्य कार्यालयमा सुरु नियुक्ति पाएका ढकाल त्यहाँ ११ महिना काम गरेपछि इलामको माई नगरपालिकामा सरुवा भएका थिए । गत फागुनमा उनी कटारी सरुवा भएका हुन् ।

ढकाल १४ महिना बीचमा झण्डै चार करोड रूपैयाँ खातामा सार्न सफल भएको अनुसन्धानले देखाएको छ । अख्तियारले सोलुस्थित जनस्वास्थ्य कार्यालयबाट समेत ढकालको जिम्माका सबै फाइल खिचेर छानबिन सुरु गरेको थियो ।

कटारी नगरपालिकाका नाममा विनियोजन भएको एक करोड ९८ लाख ७५ हजार रूपैयाँ गत फागुन २२ गते निजी खातामा स्थानान्तरण भएको छ । त्यसपछि चैत २६ गते त्यति नै रकम ढकालले पुनः आफ्नो निजी खातामा पठाएका छन् । अनुसन्धानबाट नगरपालिकाको मूल खाताबाटै धमाधम निजी खातामा रकम सारेको भेटिएको छ ।

कार्यकारी अधिकृतको नक्कली हस्ताक्षरमा रकम स्थानान्तरण भएको छ । अख्तियारले आफन्तका नाममा किनिएको जग्गा र उनीहरूको बैंक रकम पनि रोक्का गरेको छ ।

ढकालले आमा प्रेमकुमारीको नाममा सिन्धुलीस्थित एनआईसी एसिया बैंकमा राखेको ६ लाख ५५ हजार रूपैयाँ, सासु तुलसादेवी आचार्यका नाममा काठमाडौं पुलचोकस्थित एनआईसी बैंकमा राखिएको ३० लाख, साथीकी श्रीमती प्रमिला भण्डारीको नाममा प्राइम बैंक बिर्तामोडमा २१ लाख ६५ हजार, ढकालकै नाममा राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा राखिएको २७ लाख, चिनजानका व्यक्ति हर्कबहादुर श्रेष्ठको नाममा टुरिजम बैंक सिन्धुलीमा १३ लाख रूपैयाँ, काकी सावित्री ढकाल प्याकुरेलको नाममा भक्तपुर नगरपालिका–९ स्थित दधिकोटमा किनेको ६० लाख रूपैयाँ बराबरको चार आना जग्गा र बैंक खाता रोक्का गरिएको छ ।

यस्तै ढकालका साढुको नाममा ‘ट्रान्सफर’को आशंकामा एक करोड ५० लाख र अन्य आफन्तको नाममा रहेको ७५ लाख रूपैयाँ बैंक रकम पनि रोक्का छ । बैंकमा नवविवाहित पत्नीको नाममा रहेको १ करोड २७ लाख रूपैयाँ र साथीकी पत्नीको नाममा रहेको ३० लाख रकम पनि शंकास्पद रहेको अख्तियारको दाबी छ ।

भक्तबहादुर विष्टको नामबाट काकीको नाममा जग्गा किनेको अनुसन्धानबाट देखिएको छ । यता झापा हल्दीबारी गाउँपालिका (पाराखोपी)–९ मा १० धुर, वडा नम्बर ८ मा ११ धुर र सोही वडामा अर्को कित्ता ६ धुर र ८ धुर जग्गासमेत भेटिएको छ । यी सबै कित्ताका जग्गा रोक्का गरिएका छन् । यस्तै ललितपुरको झरुवारासीमा आफू र पत्नीको नामको ६ आना जग्गा, पत्नीको नाममा ज्ञानेश्वरमा पाँच आना १ पैसा तीन दाम जग्गासमेत अख्तियारले रोकिदिएको छ ।

ढकालले बैंकको नाममा विभिन्न किर्ते पत्र तथा कागजात बनाई कटारी नगरपालिकाको संचित कोष खाताबाट आफ्नो नाममा रहेको व्यक्तिगत बैंक खातामा तीन करोड ९८ लाख ३६ हजार ९ सय ८७ लाख रूपैयाँ जम्मा गरेको दाबी अख्तियारको छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार आठ वर्षदेखि दश वर्षसम्म जेल सजाय र बिगोको अनुपातमा जरिवाना माग गरिएको छ ।

यता कार्यकारी अधिकृतका नामको दस्तखत आफंैले किर्ते गर्ने र राजस्व तिरेको बैंक भौचरसमेत किर्ते खडा गरी इलामको माई नगरपालिकामा पनि तीन करोड २४ लाख ५६ हजार एक सय ४८ रूपैयाँ भ्रष्टाचार गरेको अभियोग पनि ढकाललाई लागेको छ ।

सरकारी रकम बदनियतपूर्वक आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको दाबी अख्तियारको छ । उक्त मुद्दामा अधिकृत ढकाल, श्रीमती रिना, आमा प्रेमकुमारीको नाममा रहेको जग्गा तथा उनीहरूका नाममा रहेको बैंक मौज्दातसमेत जफत गर्न अख्तियारको अदालतसँग माग छ ।

१६ करोड मूल्य बराबरको रुवीसहित एक पक्राउ

काठमाडौँ : महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुई किलोग्राम रुवीसहित एक जनालाई पक्राउ गरेको छ ।

बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले ललितपुरका ४८ वर्षीय दीपक सिजापतिलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले उपत्यकाका विभिन्न स्थानमा रुवी बिक्री–वितरण तथा ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रुवीसहित सिजापतिलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उक्त रुवीको बजार मूल्य रु १६ करोड रहेको जनाएको छ ।

यस्तै, वृत्तले रु १२ लाख ७० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले भारत सरकारले बन्देज गरेको एक हजार र ५०० दरका भारतीय रकमसहित काठमाडौँका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ र कास्कीका ४३ वर्षीय सुरज मल्ललाई आइतबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले एक हजारका ९६० नोट र ५०० का ३१० नोट बरामद गरेको छ ।

अवैध यौन व्यवसाय सञ्चालन गर्ने दुई पक्राउ

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले पैसाको प्रलोभन देखाई परपुरुषसँग यौन धन्दा चलाउँदै आएका दुई महिलालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले कामनपा–२ लाजिम्पाटमा पैसाको प्रलोभन देखाई परपुरुषसँग जबर्जस्ती यौन सम्पर्क गर्न लगाउने ललितपुरकी २८ वर्षीय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षीय मन्दिरा तामाङलाई आइतबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख दानबहादुर मल्लले पक्राउ परेका महिलालाई मानव बेचबिखन ऐनअन्तर्गत कसुरमा काठमाडौँ जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

ड्रक्स खुवाएर ३ महिनासम्म युवती बलात्कार, त्यसपछि भयो यस्तो

काठमाडौँ । अमेरिकाको क्यालिफोनियामा १६ वर्षकी युवतीलाई तीन महिनासम्म बन्धक बनाएर बलात्कार गरेका छन्। युवतीलाई ड्रग्स खुवाएर बलात्कार गरिएको पनि रहस्य खुलेको छ। तीन महिनासम्ब बलातकारीको बन्धनमा परेकी ती युवती केही दिन अगाडि मात्रै सुरक्षा गार्डको मद्दतमा बाहिर निस्कन सफल भएकी हुन्।

डेलीमेलमा छापिएको रिर्पोट अनुसार युवतीले भनेकी छन्, उनीहरुले मलाई कुर्सीमा बाँचेर राखेको र दैनिक केही युवाहररु तालिम प्राप्त कुकुरहरु छोडिएको बताएकी छन्।

युवतीकी आमाले भनेकी छन् एक ग्रप होमबाट उनकी साथी आएकी थिई। उसैले एक दलालाई बुझाई दिईछ, त्यसपछि तीन महिना उनीहरुले कुटपिटगरी यौन शोषण गर्यो।

परिवारको हातमुख जोड्नैका लागी स्टेयरिङ घुमाउछिन साहासी गंगा
काठमाडौँ : प्रत्येक दिन बिहान ४ बजे घडीको ‘टिरिङ–टिरिङ’ आवाजले गंगालाई निद्राबाट ब्यूँझाउँछ। उनी हतारहतार उठ्छिन्, र नानीबाबुहरुलाई खाजा तयार गर्नतिर लाग्छिन्। ७ बजेभित्र बिहानको खाना तयार गरिसक्नुपर्छ उनले।

सारा घरधन्दा बिहान ७ बज्न नपाउँदै सकेर उनी गाडीको चाबी लिएर बाहिर निस्कन्छिन्। अघिल्लो दिन बेलुकै तयार पारेर राखेका खुद्रा सामान बिक्रीका लागि गाडी लिएर कुश्माबजार निस्केकी उनी ९ बजे स्थानीय व्यापार सकेर घर फर्किन्छिन् र आफ्ना नानीबाबुहरुलाई खाना खुवाएर विद्यालय पठाउन भ्याउँछिन्।

फेरि ११ बजेसम्म खानपिन लगायतका काम सकेर उनी बेलुका ४ बजेसम्मका लागि घरबाट निस्किन्छिन्। गाडी लिएर छिमेकी बजारहरु पातिचौर, डिमुवा, नयाँपुल, बागलुङ, मिलनचोक र कहिलेकाहीँ बेनीसम्म सामान बिक्री गर्न पुग्छिन् उनी। पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. ५ बाजुङ निवासी गंगा सुवेदीको दैनिकी हो यो। उनले यसरी कार्गो भ्यानको स्टेयरिङ समाउन थालेको ८ महिना बढी भइसक्यो।

महिलाहरुलाई घरभित्र सीमित ठान्नेहरुका लागि गंगा एक उदाहरण बनेकी छन्। परिवारको हातमुख जोड्नैका उनी स्टेयरिङ घुमाउँछिन्। यस्तो काम गर्ने उनी जिल्लामा पहिलो महिला हुन्। यसअघि सदरमुकाम कुश्माबजारकै एक महिलाले हाते ट्याक्टर चलाएर जीविकोपार्जन गर्दै आइरहेकी थिइन्।

बिहान चुलोचौकोबाट सुरु भएको गंगाको दैनिकी बेलुकाका भाँडा मस्काउनेदेखि स्टेयरिङ घुमाउनेसम्मको कामले थकित हुन्छ। ‘गाडीको यात्रा त्यसैमाथि दिनभरी बिक्री गरेका सामानको हिसाबकिताब राख्नुपर्ने भएको हुँदा मानसिक बोझ समेत प्रशस्त हुने गरेको छ,’ गंगाले भनिन्। उसो त उनका श्रीमान्ले समेत गाडीको स्टेयरिङ समाएरै उनीहरुको दैनिकी धान्दै आएका थिए। श्रीमान्ले परिवारलाई स्टेयरिङकै भरमा पालेकाले उनी समेत सोही पेसामा लाग्न प्रेरित भएको उनको भनाइ छ।

हाल दुवैले बजारका व्यापारीहरुबाट सामान उठाएर आफ्नै गाडीमा बेच्ने गर्छन्। बैंकबाट ऋण लिएर २ वटा गाडी खरिद गरेका छन् उनीहरुले। श्रीमान् अर्जुन सुवेदी श्रीमतीको कामबाट खुसी छन्। उनले श्रीमतीको साहसकै कारण आफूले ठूलो ऋण लिएर काम गर्ने हिम्मत आएको बताए। गंगाका श्रीमानले मिनी ट्रकमा सामान बेच्छन् भने गंगाले कार्गो भ्यानमा सामान बेच्छिन्। ‘दिनभरी दुवैको दैनिक उही र उस्तै हुन्छ, बेलुकी म भान्छामा व्यस्त हुन्छु भने उहाँ आम्दानीको हरहिसाब राख्न व्यस्त हुनुहुन्छ,’ उनले भनिन्, ‘साहुको सामान बिक्री गर्छौँ, आएको मुनाफाबाट बैंकको ऋण तिर्ने र परिवार पाल्ने काम गरिरहेका छौं।’

गंगाको दम्पत्तीले स्टेयरिङ समाएकै भरमा हालसालै कुश्माबजारमा ओतलाग्ने घर जोहो गर्न सफल भएको छ। उनीहरुले आफ्ना छोराछोरीलाई सदरमुकामको अंग्रेजी माध्यमको स्कूलमा पढाउन पनि भ्याइरहेका छन्।

‘उहाँले ड्राइभिङ गरेर कमाएको धनले सिंगो परिवार पाल्न अलिक धौ–धौ भएकाले ममा पनि केही गर्नुपर्छ भन्ने सोच पलायो। उहाँले गर्न सक्ने काम मैले किन सक्दिनँ? म आफैले आफैलाई निक्कै पटक प्रश्न गरेँ र उहाँकै बाटो पछ्याउने निधो गरेँ।’ उनले भनिन्–‘अब त दुवैको पेशा र बाटो एउटै भएको छ।’

‘श्रीमानले कमाएको आम्दानी घरव्यवहारमा खर्चिएपनि मैले कमाएको आम्दानी बचत हुने गरेको छ। दिनभरी श्रम गरेरै भएपनि जिन्दगी जसोतसो काटिरहेकै छौँ। सँगै छौं, खुसी छौं, यसैमा दिनभरीको थकान बिर्सिएकी छु,’ उनले स्टेयरिङमा कुहिनो टेकाउँदै भनिन्।