प्रहरी र निर्वाचन समितिका सदस्यले दुर्व्यवहार गरेपछि फोटो पत्रकारले कांग्रेस महाधिवेशन स्थलमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन्।
साढे तीन घन्टा ढिलो गरि भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका थिए।
प्रहरीले केही फोटो पत्रकारलाई प्रहरीले लछारपछारसमेत गरेको छ।
पत्रकारलाई भित्र छिर्न नदिनुका साथै हातपात र दुर्व्यवहार गरेपछि फोटोपत्रकारहरू आन्दोलित भएका हुन्।
उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।
फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन्
अहिले महाधिवेशन स्थलमा उपस्थित भएका पत्रकारहरू क्यामेरा भुइँमा राखेर धर्ना दिएर बसिरहेका छन्।