कोरोना अपडेट १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

देशभर थप १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७४६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४३० पुगेको छ । यही अवधिमा थप सङ्क्रमितको मृत्यु भने भएको छैन । यता, दुई दिनमा ४ लाख ८० हजार ८१८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation