
अमेरिकी वायुसेनाको एउटा चार्टर विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । १३ जना चालक दलका सदस्यसहितको उक्त विमान बिहान साढे ११ बजे काठमाडौं आइपुगेको हो ।
नेपालमा तालिममा सहभागी अमेरिकी सैन्य टोलीको सामान लिन विमान काठमाडौं आएको स्रोतको दाबी छ । उक्त विमान भोलि मात्र यहाँबाट प्रस्थान गर्ने विमानस्थल स्रोतले बताएको छ ।
तालिमरत सैन्य टोली यसअघि नै अमेरिका गइसकेको छ । उनीहरुका बन्दोबस्तीका सामान बाँकी भएकाले युएस एअरफोर्सको विमान काठमाडौं आएको नेपाली सेनाका अधिकारीहरुले बताएका छन् ।