
मल्लरानी ग्रामिण बिकास सरोकारा केन्द्र शाखा कार्यालय सन्धिखकद्धारा अर्घाखाँचीको शितगंगा नगरपालिकामा राहत वितरण गरीएको छ । एच आइ भि तथा क्षयरोग स्कृनिङ्गमा सहभागी भएका शितगंगाका विपन्न परिवारका ६१ जना ब्याक्तिहरु लाई शितगंगाका विभिन्न वडामा पुगेर राहत सामाग्री प्रदान गरीएको सामुदायिक कार्यक्रता नेत्रा वि सी ले जानकारी गराउनु भएको छ ।
विपन्न परिवारको दैनिकि लाई केही सहज गराउने उद्देश्यका साथ नगरका वडा बाट चामल, दाल, केराउ, तेल, साबुन, अण्डा, आलु, प्याज, नुन लगायतका राहत सामाग्री तथा डिग्निटी किट र हाइजिनिक किटको ब्याग सामाग्री वडाका प्रतिनिधिको रोहवरमा वितरण गरिएको केन्द्रले जनाएको छ ।
शिगतंगा १३ र १४ का १५ जना को लागी भने शितगंगा १३ का वडा अध्यक्ष दुर्गा विसी लगायत वडाका अन्य प्रतिनिधिको रोहवरमा वडा नम्बर १३ को वडा कार्यलयमा राहत सामाग्री प्रदान गरीएको थियो । त्यस्तै वडा नम्बर १ का ५ जना, २ का १७ जन, ६ का १ जना, ७ का ११ जना, १० का ६ जना, १२ का ६ जना गरी जम्मा ६१ जनाको लागी राहत वितरण गरिएको को नेत्रा विसीले जानकारी गराउनु भएको छ ।
वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि, मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्र कार्यलय प्युठानका कार्यक्रम अनुगमन तथा मुल्याङ्कन अधिकृत सपना देवकोटा, सामुदायिक कार्यक्रता नेत्रा विसि, संगिता पौडेल, मन्जु विक लगायतको उपस्थिती रहेको थियो ।