रुपन्देही १ मा सत्तागठबन्धनबाट घनश्याम

रुपन्देही क्षेत्र नं १ बाट एमाले उम्मेदवार छविलाल बिश्वकर्मा बिरुद्ध एमाले परित्याग गरेका घनश्याम भुसाल उम्मेदवार बन्ने पक्कापक्की भएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्।

उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्। हो मैले प्रचण्ड जी संगको सल्लाह र सत्तागठबन्धनको समर्थनमा रुपन्देहीको क्षेत्र नं १ मा उम्मेदवारी दिन लागेको हुं रुपन्देही स्थीत आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा भुसालले भने।

उनले सत्ता गठबन्धनको सहयोगमा उम्मेदवार बने आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरे। माओवादीले आफ्नै चुनाव चिह्नबाट चुनाव लड्न अनुरोध गरे पनि उनले अहिले आफू स्वतन्त्रकै रुपमा लड्ने बताए।

सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १ माओवादीको भागमा परेको थियो। सत्ता गठबन्धनले अव उक्त क्षेत्रमा अन्य कुनै उम्मेदवार उठाउने छैन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation