थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर थप २९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।
यही अवधिमा थप २३ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५२८ जना पुगेको छ । नेपालमा कोरोना महामारीमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation