सैनामैना ।रुपन्देहीको सैनामैना नगरपालिकामा राष्ट्रिय युवा परिषद् अन्तरगत युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ ।
सैनामैना नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार सैनामैना २ को बामरी पार्टी प्यालेसको सभाहलमा युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकाका ११ वटै वडाका युवाको प्रतिनिधित्व हुने गरी करिव ८० जनाको उपस्थिीतीमा युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्धामा बहस पैरवी भएको थियो । युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्धामा बहस पैरवी गणेश खनालको सहजिकरण र जवाफ देहीका रुपमा सैनामैना नगरपालिकाकी उप–प्रमुख विना राना, शिक्षा तर्फ बाट सहिद नारायण पोखरेल रामापुर क्याम्पसका पुर्व क्याम्पस प्रमुख दिनेश पन्थी , मिडियाको तर्फ बाट रातोपाटि अनलाइनका लुम्विनी प्रदेश व्युरो तेजेन्द्र केसी, राजनैतीक तर्फ बाट अभियान्ता तथा राजनैतिक कर्मी सरिता श्रीस र राष्ट्रिय युवा परिषद्का प्रशिक्षक डा। आविस्कार पराजुली लागायत हुनुहुन्थ्यो ।
युवाका मुद्दामा बहस पैरवी कार्यक्रममा सैनामैना नगरपालिकाकी उप–प्रमुख विना रानाले आगामी दिनमा युवा लक्षित कार्यक्रमलाई विशेष प्राथामिकता दिने वताउनुभयो । युवालाई सगठित गरेर युवाका आवश्यकता, सुझावलाई मनन गर्दै युवा सशक्तिकरणको लागि नगरपालिकाले जुन कार्यक्रमको थालनि गरेको छ यसलाई पुर्णता दिन युवाहरु पनि सकरात्मक रुपमा सक्रियताका साथ लाग्नुपर्ने वताउनुभयो । जस्तोसुकै काममा युवाको साथ सहयोग निरन्तर रहने खालको वातावरण भयो भने बिकासमा सहज हुने भन्दै उप–प्रमुख रानाले युवामा एकता हुनुपर्नेमा जोड दिनुभयो ।
सहिद नारायण पोखरेल रामापुर क्याम्पसका पुर्व क्याम्पस प्रमुख दिनेश पन्थीले युवा मैत्री स्थानीय शासन सञ्चालनका लागि कस्ता मुद्धा प्राथमिकतामा पर्छन, युवाका अधिकार, स्वतन्त्रता, वर्तमान शिक्षाको अवस्था र विकासका वारेमा युवाहरुलाई प्रशिक्षण गर्नुभएको थियो । यस्तै रातोपाटि अनलाइनका लुम्विनी प्रदेश व्युरो तेजेन्द्र केसीले युवा मैत्री स्थानीय शासन सञ्चालनमा मिडियाको भुमिका, वर्तमान समयमा मिडियाको अवस्था, मिडियाले समाजमा खेलेको भुमिका, खोज पत्रकारीता भन्दा केहि पत्रकारहरुले नम्स भन्दा बाहिर रहेर गलत समाचार प्रयोग गरी व्यवसाय गरको लगायतका विषयमा आफना भनाइ प्रस्तुत गर्नुभएको थियो ।
अभियान्ता तथा राजनैतिक कर्मी सरिता श्रीसले युवामा वढ्दै गएको राजनैतिक वितृष्ण, राजनैतिकमा सक्रिय वन्न के गर्न सकिन्छ, कुनै पनि क्षेत्रमा असफल भए पछि अन्तीम विकल्प राजनैतिकमा लाग्ने प्रबृतीका विषयमा युवाहरुलाई बताउनभएको थियो भने राष्ट्रिय युवा परिषद्का प्रशिक्षक डा। आविस्कार पराजुलीले युवा परिचालन, युवाको अहिलेको अवस्था, युवाका अवसर र चुनौती, युवा वैदिशिक पलायनका विषयमा युवाहरुलाई पशिक्षण गर्नुभएको थियो ।
बहस कार्यक्रममा युवाहरुले स्थानीय तहले बेरोजगारको समस्या समाधान हुने खालका स्वरोजगार मूलक युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने वताएका छन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ujyaalopost.com/public_html/wp-includes/functions.php on line 6170










