
सैनामैना, १ भाद्र। तातो हावाको लहर लु प्रतिकार्य योजनासम्बन्धी रुपन्देहीको सैनामैनामा छलफल भएको छ । गर्मीयाममा कसरी तातो हावा (लु) बाट बच्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग छलफल भएको हो । शहरी पुर्ब तयारी तथा आपत्तकालिन प्रतिकार्य प्रवर्धन (सुपर) परियोजनाको आयोजना तथा सैनामैना नगरपालिका, नेपाल रेडक्रस सोसाइटी रुपन्देही, स्विस रेडक्रसको सहकार्य र सहयोगमा (हीट एक्शन प्लान वर्कसप) कार्यशाला गोष्ठी भएको हो ।
ओ
सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्र प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका उप प्रमुख बिना राना, जल तथा मौसम बिभाग भैरहवा प्रमुख बरुण पौडेल, परियोजना प्रमुख पल्लबी सिंह, विपद ब्यबस्थापन अधिकृत घनस्याम सापकोटा, परियोजन अधिकृत कृष्ण मल्ल लगायतले बोल्दै गर्मी लु बाट बच्ने उपायका बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख फणीन्द्र प्रसाद शर्माले तातो हावाबाट आफू बच्नुका साथै अरुलाई बचाउनुपर्ने बताए । उनले गर्मीबाट बच्न रुख विरुवाको महत्वपूर्ण भूमिका रहेकाले वृक्षारोपण आवश्यक रहेको बताए ।
तातो हावाको लहर लु प्रतिकार्य कार्यदल सैनामैनाका फोकल प्रस्रन सुरज न्यौपानेको सञ्चालन तथा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञावालिको स्वागतमा भएको थियो । कार्यशालामा विभिन्न क्षेत्र र सरोकारवालाहरुसँग समूहगत छलफल भएको थियो ।