
सैनामैना, भाद्र ३० गते । रुपन्देहीको सैनामैना नगरपालिकामा मर्यादित महिनावारी व्यवस्थापनको अभियान सुरु गरेको छ । महिनावारी विभेदबाट महिलाले भोग्नु परेका समस्या, शिक्षा, स्वास्थ्य, पोषणबाट वञ्चित हुनु परेको, शारीरिक, मानसिक विकासमा असर परेको अवस्थालाई ध्यानमा राख्दै मर्यादित महिनावारी अभियान लुम्बिनी प्रदेशको आयोजनामा नेपाल महिला एकता समाज रुपन्देही जिल्लाको सहअायोजनामा मर्यादित महिनावारि अभिमुखी कार्यक्रम सम्पन्न गरेको हो ।
मलमला माध्यामिक बिधालयमा भएको कार्यक्रममा महिनावारी विभेदको अवस्था, न्यूनीकरणका प्रयास र चुनौती विषयक बहस गरिएको छ । कार्यक्रममा मेनका भट्टराईले सहजिकरण गर्नुभएको थियो ।