आयोजनाको लापरबाहीले सैनामैनाको ७० हेक्टर जमिन सिचाइ बिहिन

सैनामैना, १५ माघ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ बनकट्टिका करिब २६० घरधुरि कृर्षकका ७० हेक्टर जमिन बाझो हुने भएको छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना बुटवल गोरुसिङे सडक आयोजनाको चरम लापरबाहिले कृषिकहरु मारमा परेका छन ।
यश बर्षको हिउदे बालि गहुँ र नगदे बाली लसुन, प्याज, तोरि र तरकारी लगाएका किसानहरुले यसपाली सडक आयोजनाले समयमा सडकमा कल्पोड नबनाउदा यस्तो समस्या आएको हो ।

यहाका किसानले पहिला खोला बाट बाह्र मासे सिचाइ गर्दै आएका थिए ।
एस बिषयमा पटक पटक आयोजनाका प्रतिनिधि लक्षमण नेपाल संग कुरा गर्दा ४/६ दिनमै आफुले कुलो खोलिदिने भने पनि महिनौ सम्म चासो नदेखाएको किसान हरि घिमिरेले दुखेसो गरेका छन । २४ दिनमा ढलाइ सकिएर कुलो खोल्नुपर्ने भएपनी आयोजनाले चासो नदेखाउदा एस्तो समस्या परेको हो । बुटवल गोरुसिङे आयोजनाले गत कार्तिक महिनाबाट कुलो बन्द गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation