सैनामैना १५, माघ । लुम्बिनी प्रदेशका पूर्व सभासद तथा नेपाली कांग्रेस रुपन्देही ५ का प्रचार प्रसार संयोजक फकरुद्दीन खानले कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा अव देशलाई विकासको गतिमा अघि बढाउन नेपाली कांग्रेसका उमेदवारलाई बिजयी बनाउनु पर्ने बताउनुभयो ।
उहाँले भरतकुमार शाहमाथि कसैले पनि भ्रष्टाचार र कुशासनको प्रश्न उठाउन नसक्ने भन्दै उहाँ धेरै अनुभवी र परिपक्व नेताको रुपमा स्थापित हुनु भएकोले उहाँको उमेदवारीले उर्जा थपिएको उल्लेख गर्नुभयो ।
जेन्जीले उठाएका मुद्धाहरु मात्र गगन थापाको नेतृत्वको सरकारले पुरा गर्ने भन्दै सो सरकार निमार्ण गर्नको लागि रुपन्देही क्षेत्र नं. ५ बाट भरतकुमार शाहलाई निवार्चित गर्नुपर्ने बताउनु भयो ।
नेपाली कांग्रेस सैनामैना नगर सभापति रणबहादुर खनालको अध्यक्षतामा भएको सैनामैना नगरपालिका स्तरिय भेलाले क्षेत्र नंं ५ का क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माको संयोजकत्वमा ५ सय १ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ भने नारायणप्रसाद पन्थको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । कार्यक्रमको संचालन नगर सचिव अर्जुन पौडेलले गर्नुभएको थियो ।











