रमेश गैरे
सैनामैना, १६ माघ । – सैनामैना स्थित कलौनीमा माघ १२ देखि सुरु भएको ७ औं संस्करणको सैनामैना महोत्सव भजनमय बनेको छ भने हिजो लोकप्रिय राष्ट्रिय कलाकारहरु इब्सल संज्याल, वसन्त लम्सालले दर्शकको उल्लेख्य साथ पाएका थिए ।
महोत्सवमा आज सम्पन्न भजन प्रतियोगितामा संगम भजन समूह सैनामैना २, पन्चायन भजन समूह सैनामैना ४, कालमोचन शिवालय भजन समूह सैनामैना ६, देउराली भजन समूह सैनामैना ५, वैष्ण देवि भजन समूह सैनामैना ६, रैनादेवी भक्त्ती भजन समूह सैनामैना ६, चेतनशिल भजन समूह सैनामैना ५ को सहभागिता रहेको थियो । महोत्सवमा २७ ओटा भजन समूह प्रतियोगितामा सहभागी हुने छन भने २० गते अन्तिम भजन प्रतियोगिता हुने छ नतिजा पनि तेसै दिन प्रकासन हुने र पुरस्कार बितरण हुने आयोजकले जनाएका छन ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान सैनामैना शाखाको समन्वयमा भएको भजन प्रतियोगितामा लोक तथा दोहोरी गायक तथा राष्ट्रिय लोक भजन चिड्का संरक्षण प्रतिष्ठान केन्द्रिय उपमहासचिब नारायण प्रसाद भुषाल, प्रदेस सल्लाहकार डण्डपानी पाण्डेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको छ भने प बिष्णु घिमिरेले सहजीकरण गर्नुभएको सैनामैना नगर अध्यक्ष कृष्ण कडेलले जानकारी दिनुभएको छ ।
महोत्सवमा आज लोकप्रिय गायिका रितु शाही, अर्जुन सापकोटा, दिपक दर्लामी मगर, विष्णु सिंजाली लगायतको प्रस्तुती रहने सैनामैना महोत्सव २०८२ का कला तथा संस्कृति संयोजक दिपेन्द्र ढकालले जानकारी दिनुभयो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ujyaalopost.com/public_html/wp-includes/functions.php on line 6170










