लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले विश्व शान्तिका लागि धार्मिक सद्भाव आवश्यक रहेको बताएका छन्।
शुक्रबार हिन्दु र बौद्ध धर्मगुरुहरुले आयोजना गरेको शान्ति–मैत्री लुम्बिनी यात्रा कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले लुम्बिनीको विकास संरक्षण र प्रवर्द्धनमा सबै धर्म र सम्प्रदायको उत्तिकै जिम्मेवारी र उत्तरदायित्व रहेको बताएका छन् । लुम्बिनी प्रति सबै धर्म मान्ने मानिसहरुले उत्तिकै आस्था र विश्वास रहेको बताउदै शान्ति र अहिंसाको मार्ग अवलम्बन गर्न प्रेरणा दिएको बताए । उनले लुम्बिनी शान्ति चाहने सबै मानिसहरूको साझा स्थल भएको र व्यक्तिगत आस्थाभन्दा माथि उठेर राष्ट्रहितका लागि धार्मिक एकता कायम गर्नुपर्नेमा जोड दिए।
त्यस्तै विश्व ओमकार एकता महाअभियानका संयोजक डा. चिन्तामणी नाथ योगीले राष्ट्र निर्माणका लागि धार्मिक एकता अपरिहार्य रहेको बताए। नेपाल हिन्दु, बौद्ध, किराँत, जैन, बोनलगायत विविध धार्मिक समुदायहरूको साझा भूमि भएको उल्लेख गर्दै उनले सहअस्तित्व र सहकार्यमा बस्नुपर्नेमा जोड दिए।
संगत संस्कृति अभियानका प्रमुख पुष्पराज पुरुषले भगवान बुद्धको जन्मस्थल सम्पूर्ण नेपालीको साझा धरोहर भएको बताउँदै धार्मिक भावना भएका प्रत्येक व्यक्तिले जीवनमा कम्तीमा एकपटक लुम्बिनीको भ्रमण गर्नुपर्ने धारणा राखे।कार्यक्रममा भिक्षु बजिरा, धार्मिक अभियानता माेहन रूम्बा, खेन्पाे फुर्वा, शंकर खराल , भिक्षु सुमंङ्लाे लगायत यात्रामा झन्डै दुई दर्जन भन्दा बढी हिन्दु र बौद्ध समुदायका धार्मिक अगुवाहरूको सहभागिता रहेको थियो।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ujyaalopost.com/public_html/wp-includes/functions.php on line 6170










