लुम्बिनीमा पर्यटक सूचना बोर्ड स्थापना

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीको विभिन्न स्थानमा संयुक्त राष्ट्र संघको सहयोगमा पर्यटक सुचना बोर्ड राखिएको छ । सुचना बोर्डको मंगलबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) र कोकाकोला फाउन्डेसनका वरिष्ठ निर्देशक जेफ्री डेन्बेले संयुक्त रुपमा उद्घाघन गरे । लुम्बिनी आउने तीर्थालु तथा पर्यटकहरुलाई लुम्बिनीको इतिहास र महत्वको वारेमा जानकारी दिने उद्धेश्यले सुचना बोर्ड राखिएको विकास कोषले जनाएको छ ।

सुचना बोर्ड उद्घाटन अघि नेपाल पर्यटन बोर्ड मार्फत कार्यान्वयन तथा अनुगमन हुने युएनडिपिको दिगो विकास परियोजनाको कार्यक्रमहरुको बारेमा छलफल भएको थियो ।

 

छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा, सदस्य सचिव दिपक श्रेष्ठ,  कोकाकोला फाउन्डेसनका वरिष्ठ निर्देशक जेफ्री डेन्बे, युएनडिपी नेपालका उप-आवासिय प्रतिनिधि जुलियन सेभिया, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशी, कोकाकोला कम्पनी भारतका निर्देशक आदित्य पान्डा र लुम्बिनी विकास कोषका अधिकारीहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले लुम्बिनी गुरुयोजना भित्र गर्न सकिने सम्भावित विकास परियोजनाहरुको बारेमा जानकारी गराएका थिए ।  सो अवसरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हल परिसरमा वृक्षारोपण समेत गरिएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation