एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई जनचेतनाले गर्‍यो सम्मान

सैनामैना — माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई जनचेतना माध्यमिक बिद्यालय बासगडिले सम्मान गरेको छ । शुक्रवार कार्यक्रम गरी विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने २० जना विद्यार्थीलाई सम्मान गरेको हो ।

सम्मानित विद्यार्थीहरुलाई सैनामैना नगरपालिका वडा नम्बर ९ का अध्यक्ष भानुभक्त पाण्डे, बिद्यालयका प्रधानध्यापक कमलराज बेलबासे, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धर्मराज आत्रेय लगाएतले उनीहरुलाई प्रशंसापत्र हस्तान्तरण गरे ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष भानुभक्त पाण्डेले विद्यार्थीहरु भविष्यका कर्णधार र नेतृत्व भएको भन्दै अहिलेदेखि नै शिक्षा, ज्ञान, सीप आर्जनतर्फ लाग्नुपर्ने बताए । पाण्डेले सूचना–प्रविधि लगायतका प्राविधिक विषयमा सम्भावनाहरु रहेको भन्दै जुनसुकै विषय पढे पनि उत्कृष्ट हुनुपर्ने विद्यार्थीलाई सुझाव दिए । सक्षम विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहसम्म पुग्नुपर्नेमा जोड दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation