बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर

बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ।हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार उनको क्यान्सर चौथो चरणमा पुगिसकेको छ।यध्यपी केही संचारमाध्यमले भने उनको क्यान्सर तेश्रो चरणमा रहेको समाचार प्रकाशित गरेका छन्।श्वासप्रश्वासमा समस्या भएपछि शनिबार उपचारका लागि उनी मुम्बईस्थित लीलावती अस्पतालमा अस्पताल भर्ना भएका थिए।

सोमबार उनले अस्पतालबाट डिस्चार्ज लिएका छन् र थप उपचारका लागि अमेरिका जाने बताइएको छ।दत्तको शरीरमा अक्सिजनको मात्रा ९० देखि ९२ प्रतिशतकोबीचमा तल-माथि भएको हिन्दुस्तान टाइम्सको समाचारमा जनाइएको छ।परीक्षणमा उनको छातीमा तरलपदार्थ पाइएको समाचारमा उल्लेख छ।मंगलबार उनले आफूलाई के भएको उल्लेख नगरी केही समय उपचार गर्न कामबाट छुट्टी लिन लागेको जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation