छुट सुविधाको खाद्यान्न सकिँदै, नागरिककोे भीड बढ्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले दसंै, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यन्न जुम्लामा सकिन थालेको छ ।
दसंै अवधिमै नागरिकले अत्यधिक रूपमा खाद्यन्न लिएपछि तिहार छठ नआउँदै छुट सुविधाको खाद्यन्न सकिन थालेको हो ।
खाद्य तथा व्यापार कम्पन्नीले दसंै, तिहार र छठलाई लक्षित गरेर जुम्लाका लागि एक हजार क्विइन्टल छुटाएको थियो । जसमा यहाँका ७ गाउँपालिकालाई ७ सय क्विइन्टल र चन्दननाथ नगरपालिकालाई ३ सय क्विइन्टल कोटा छुटयाइएको ।
तर, छुट सुविधाको चामल लिनेहरूको भीड लागेपछि सबैलाई मिलाएर दिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी शाखा जुम्लाका प्रमुख तिलक सुनारले बताए ।
उनले भने, “छठ पर्वसम्म भनेर जुम्लाका लागि १ हजार क्विइन्टल छुट्याइएको थियो । बिहीबारसम्मको रेर्कडअनुसार ९ सय २२ दशमशल ६० क्विइन्टल चालम बिक्री भइसकेको छ । अहिलेकै दरमा बिक्री भए तिहार र छठसम्म छुट सुविधाको खाद्यन्न अभाव हुने देखिन्छ ।”
हाल छुट सुविधाको खाद्यन्न करिब ७८ क्विइन्टल मात्रै बाँकी छ । चामल लिनेहरूको भीड नरोकिएकोले थप एक हजार क्वीइन्टल चामल पठाउन माग गरेको व्यापार कम्पन्नी जुम्लाका प्रमुख सुनारले जानकारी दिए ।
उनका अनुसार १ हजार क्विइन्टल माग भएपनि ५ सय क्विइन्टल पठाउने केन्द्रले बताएको छ । गएको असोज १ गतेबाट सुुरु भएको छुट सुविधाको चामल हालसम्म जुम्लाका १५ सय ३७ जनाले लिएका छन् ।
उनले थपे, “बेमौमसी वर्षाले धानबालीमा क्षति पु¥याएकाले छुट सुविधाको चामल लिने सर्वसाधारणको अझै भीड लाग्ने संकेत छ । तिहार र छठ नजिकिँदै छ । चामल सकिन थालेको छ । त्यसैले छिट्टै १ हजार क्वीइन्टल माग गरेको छु ।”
सबैभन्दा बढी यहाँको पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाका नागरिकले छुट सुविधाको चामल प्रयोग गरेका छन् । अन्य स्थानीयतहले न्यून प्रयोग गरेका छन् । हाल सम्म ४ लाख ६३ हजार बराबरको छुट सुविधाको चामल बिक्री भएको खाद्य प्रमुख तिलक सुनारको भनाई छ ।
यता तातोपानी–२ का धनबहादुर बुढाले बाढीले धानमा क्षति भएको हुँदा किसान यस वर्ष सरकारी अनुदानकै चामलको भरमा रहेको बताए । उनका अनुसार यस वर्ष सरकारले जुम्लामा सरकारी खाद्यन्नको कोटा बढाउन आवश्यक छ । सरकारी अनुदानकै चामल पनि अभाव भए जुम्लामा भोकमरी हुने चिन्ता व्यक्त गरे ।
खाद्य तथा व्यापार कम्पन्नीले जुम्लामा हाल थप साढे ७ सय क्वीइन्टल मौज्दात रहेको र थप ६ हजार क्वीइन्टल चामल आयात भइरहेको बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation