कृषकलाई गहुँको बीउ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषकलाई गहुँको उन्नत जातको बीउ वितरण गरेको छ । नगरपालिकाले कृषकहरुको मागको आधारमा करिब ४२ क्विन्टल बीउ अनुदानमा वितरण गरिने बताएको छ ।
जाजरकोटको कालेगाउँ बाट ३५ क्विन्टल गहुँको बीउ खरिद गरि ल्याएको कृषि शाखाले जनाएको छ । नगरपालिकाको ७५ प्रतिशत अनुदान र १५ प्रतिशत कृषको लगानिमा वितरण गरिएको कृषि शाखाले जनाएको छ ।
अहिलेसम्म कृषि सेवा केन्द्र आठबिसकोटमा २५ क्विन्टल, कृषि इकाइ सेवा केन्द्र गोतामकोटमा ३ क्विन्टल, कृषि इकाई सेवा केन्द्र खदिमा ३ क्विन्टल, कृषि इकाई सेवा केन्द्र घेत्मा ४ क्विन्टल गरी पहिलो चरणमा ३५ क्विन्टल गहुँको बीउ वितरण गरिएको कृषि सेवा केन्द्र प्रमुख देवबहादुर केसीले जानकारी दिए । उनका अनुसार बाँकी ७ क्विन्टल गहँको बीउ कृषि समुह सोलाबाङबाट खरिद गरेर केही दिनमा कृषकलाई वितरण गरिने छ ।
यस्तै आठबीसकोट नगरपालिकाले यसअघि पनि कृषकका लागि उन्नत जातको आलुको बीउ, सिजन अनुसार तरकारीको बीउ, विभिन्न फलफूलका बिरुवाहरु अनुदानमा वितरण गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation