बुटवलको नयागांउमा भिषण आगलागी

बुटवल ।

बुटवलको नयांगाउमा भिषण आगलागि भएको छ।

केहीबेर अघि लागेको आगो स्थानीयले निभाउन नसकेपछि बुटवल उपमहानगरपालिकाको दमकल बोलाईएको छ । दमकल अझै पुगीनसकेको स्थानीयले बताएका छन्।

बुटवल उपमहानगरपालिका वडा नं १२ नयागाउ स्थीत नयागाउ माध्यमिक बिद्यालय अगाडीको चोकमा कालोपत्रे गरिरहेकै बेला सोही ठाउमा रहेको टेक्टरमा आगो लागेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार टेक्टरमा लागेको आगो अनियन्त्रीत भई स्थानीय गोपाल पाण्डे र मिना मरासिनीको घरमा समेत लागेको र निभाउने प्रयत्न भई रहेको छ।

पाण्डेको घरमा रहेको ग्यास सिलिण्डरमा समेत आगो लागेका कारण बिष्फोट समेत भएको स्थानीयले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation