![](https://ujyaalopost.com/wp-content/uploads/2021/11/Rajendra-Pandey1635418790.jpg)
काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्।
नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्।
मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा १०४ जना सांसद उपस्थित थिए। विपक्षमा जम्मा ४३ मत आएको छ भने तटस्थ २ मत आएको सभामुखले प्रदेश सभामा जानकारी गराएका थिए।
नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। एमालेका ४३ सांसद छन् तर आज दुई सांसद उपस्थित थिएनन्।