सैनामैनामा २० बर्षीय किशोरी झुण्डिएको अवस्थामा मृत फेला

उज्यालो पोष्ट, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकामा एक किशोरी आफ्नै घरभित्र मृत फेला गरेकी छन्। सैनामैना वडा नं ७ स्थित आफ्नै घरमा २० बर्षीय ईशा थारु झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

विहान करिब ६ बजे घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोली घटनास्थलतर्फ गएको थियो। शवलाई अहिले पोष्टमर्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation