उज्यालो पोष्ट, सैनामैना ।
बुटवल । रुपन्देहीको तिलोत्तमाको एक फर्निचरमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका–१३ पथरडाँडामा रहेको फर्निचर उद्योगमा केही बेर अघि आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।
आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको दमकल जाँदै गरेको प्रहरी प्रवक्ता थापाले बताए । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।