सैनामैनाका ११ वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व

नेकपा (माओवादी केन्द्र)ले सैनामैना नगरपालिकाका नौ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । पार्टीको राष्ट्रिय सम्मेलनपूर्व हीजो देशभरका वडामा एकसाथ अधिवेशन गर्ने कार्यतालिका थियो ।

नगरका कूल ११ वडामध्ये बाँकी रहेका दुई वडामा केही दिन भित्रैमा अधिवेशन हुने पार्टीको नगर कमिटीका अध्यक्ष मान बहादुर महत्त(नारायण) ले जानकारी दिए । सैनामैना–१ मा नारायण पाण्डे अध्यक्ष र खड्क जी सी सचिव रहनुभएको २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ । वडा नं २ मा मोहन गौतम अध्यक्ष ओम प्रकाश मिश्र सचिव रहेको २९ सदस्यीय कमिटी निर्माण भएको छ ।
वडा नं। ३ मा जित बहादुर भण्डारी अध्यक्ष र लोकनाथ पौडेल सचिव रहेको २९ सदस्यीय वडा कमिटी चयन भएको छ । त्यसैगरी वडा नं ४ मा जानुका शर्माअध्यक्ष सुरज भट्टराई सचिव रहेको २९ सदस्यीय कमिटी अधिवेशनबाट चुनिएको जनाइएको छ ।
वडा नं ५ मा राम प्रसाद भुसाल अध्यक्ष बिनोद भण्डारी सचिव रहेको २९ सदस्यीय,वडा नं ७ मा उमानन्द घिमिरे अध्यक्षसालिकराम घिमिरे सचिव रहेको २९ सदस्यीय र वडा नं ९ मा मुकुन्द दुधराक्षको अध्यक्षतामा १९ सदस्यीय कमिटी अधिवेशनबाट चुनिएको नगर कमिटी सचिव दिपक भण्डारीले बताए ।

सैनामैना नगर समितिका संयोजक मान बहादुर महत्त(नारायण) ले अधिकांश वडामा आजै अधिवेशनबाट नयाँ नेतृत्व चुनिएको बताए​ । व्यवस्थापकीय तयारी नपुगेका कारण आज हुन नसकेका वडामा पनि तत्कालै अधिवेशन हुने उनको भनाइ छ । नगरमामा ११ वडा छन् ।
वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation