बुटवलको मतगणना स्थलमै काङ्ग्रेस कार्यकर्ता बिच कुटाकुट

बुटवल मंसिर ७ । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कुटाकुट भएको छ।

सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको अवस्थामा अचानक बिवाद श्रृजना भएपछि कुटाकुट भएको हो।

मतगणना स्थलमा भएको कुटाकुटमा पौडेल समुह बाट महाधिवेशन प्रतिनिधीका उम्मेदवार दिर्घ बहादुर केसी कुमार माथी आक्रमण भएको पौडेल समुहको आरोप छ।
देउवा समुहका कार्यकर्ताको आक्रमण बाट केसीको मुखमा गम्भिर चोट लागेको बताईएको छ।

केसीको लुम्विनी प्रादेशिक अस्पतालको आकस्मीक उपचार कक्षमा उपचार भई रहेको नेपाली कांग्रेस नगर सभापती खेलराज पाण्डेले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation