एमालेको महाधिवेशन सूरु

बुटवल, मंसिर १०। नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा सूरु भएको छ ।

महाधिवेशनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा एकै साथ पुगेका छन्।

यसका साथै जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि उनीहरु संगै मन्च पुगेका थिए भने। लोकतान्त्रीक समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणी पोखरेल यस अघि नै कार्यक्रम स्थल पुगि सकेका थिए।

ओली र देउवा कार्यक्रम स्थल पुग्ना साथ कार्यक्रम सन्चालन गरि रहेका पार्टी सचिव प्रदिप ज्ञवालीले कार्यक्रम औपचारीक रुपमा अगाडी बढाएका थिए।

चितवनको नारायणी नदी किनारमा नेकपा एमालेको दशौं महाधिवेशनको सञ्चालन भई रहेको छ । कार्यक्रम अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेका छन्।

कार्यक्रममा चितवनका विभिन्न ठाउँबाट ¥याली उद्घाटनस्थलतर्फ आई रहेका छन्। एमालेका सबै शीर्ष नेताहरू हिजै चितवन पुगिसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation