![](https://ujyaalopost.com/wp-content/uploads/2021/11/IMG_20211127_191502.jpg)
नेपाली कांग्रेस १४अौ महाधिवेशन रुपन्देहीको नेतृत्व सर्वसम्मत भएको छ।
वडादेखि क्षेत्रसम्म दुई समुहमा प्रतिस्पर्धा भएको नेपाली काँग्रेस रुपन्देहीमा जिल्लाको नेतृत्व सर्वसम्मत भएको छ।
बर्तमान जिल्ला सचिव रामकृष्ण खाँण सभापतिमा सर्वसहमत हुनुभएको छ ।
गृहमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाँण, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, प्रतिनिधि सभा सदस्य प्रमोद यादव, जिल्ला सभापति अव्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल लगायत बसेर जिल्लामा सहमतिको आधारमा नेतृत्व चयन गर्ने विषयमा सहमति गरेका हुन।
रुपन्देहीमा क्षेत्रीय अधिवेशनको परिणामले पार्टीको संस्थापन समुह ९सभापति शेरबहादुर देउवा० पक्ष बलियो देखिएको छ ।
क्षेत्रीय अधिवेशनको परिणाम हेर्दा रुपन्देहीका ५ निर्वाचन क्षेत्र मध्ये २ वटा क्षेत्रमा संस्थापन ईतर समुहका सभापति निर्वाचित भएका छन् भने बाँकी तीन वटा क्षेत्रमा संस्थापन पक्षका सभापति विजयी भएका छन् ।
क्षेत्र नं २ मा हरि लम्साल र ४ मा मुकेश यादव संस्थापन ईतर समुहबाट निर्वाचित भएका हुन् भने क्षेत्र नं १ मा हिराबहादुर खत्री, ३ मा सुशिल गुरुङ र ५ मा वसिउल्लाह मुसलमान संस्थापन समुहबाट निर्वाचित भए ।
संस्थापन समुहमा पनि जिल्लामा नेताहरु बालकृष्ण खाँण र भरतकुमार शाहको अलग अलग समुह देखिएको हो । त्यसरी हेर्दा क्षेत्र नं १ र ३ मा बालकृष्ण खाँण तथा क्षेत्र नं ५ मा भरतकुमार शाह निकटका क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनीधि चुनिएका छन् ।
क्षेत्र नं २ मा ९ जना महाधिवेशन प्रतिनीधि संस्थापन समुहका छन् भने क्षेत्र नं ४ मा भागवण्डामा सहमति गरिएको हो ।
गृहमन्त्री खाँण, नेता शाह र पौडेल पक्षको बिचमा भएको सहमतिले पदाधिकारीहरु बाडफाँड भएको जनाईएको छ । जिल्ला सभापति र एक सचिव तथा एक सहसचिव खाँण समुहलाइ , एक उपसभापति र एक सचिव शाह समुहलाइ र एक उपसभापति, एक सचिव र एक सहसचिव पद पौडेल समुहलाइ बाड्ने गरि सहमति भएको हो।
संस्थापन समुहबाट सभापति पदमा उम्मेदवारको चर्चामा पहिलेदेखी नै जिल्ला सचिव रामकृष्ण खाँणको रहेको थियो ।सभापति बन्न लागेका रामकृष्ण खाँण
वितग १२अौ र १३ अौ अधिवेशन मा भारि मतले सचिव पदमा विजेता भएका थिए।