चितवन मंसिर १२ । चितवनमा जारी नेकपा एमालेको दशौ महाधिवेशनको नेतृत्व चयनमा बिवाद बढदै जांदा नेकपाबाट एमालेमै रहेका पुर्व मओवादी नेताहरु अलमलमा परेका छन्।
नेकपा बन्दा माओवादी केन्द्रबाट एमालेमै रहेका नेताहरु राम बहादुर थापा बादल, लेखराज भट्ट, टोप बहादुर रायमाझी प्रभु शाह लगायतले अध्यक्ष केपी शर्मा ओलीसंग पदाधिकारीमा आफ्नो अपेक्षा राखेको भएपनि सार्वजनिक रुपमा केही बोलेका छैनन्।
बरिष्ठ उपाध्यक्षमा राम बहादुर थापा बादल र टोप बहादुर रायमाझीले सचिवमा जान चाहेको भन्दै अध्यक्ष ओलीसंगअपेक्षा राखि सकेका छन।
अधिवेशनबाट सर्वसम्मत पदाधिकारीको चयन हुने बताउदै आएपनि अध्यक्ष पदमासूरु देखिनै उपाध्यक्ष भिम रावलले आफ्नो दावी छोडेका छैनन भने अन्य पदमा अध्यक्ष ओलीकै बिश्वासपात्र रैथाने एमालेहरुका बिचमा किचलो पैदा भएपछि बादलहरु अलमलमा परेका छन्।
निर्वाचनमा जांदा माओवादीबाट नेकपा हुदै एमालेमै बसेकाहरुलाई चुनाव जिताउन कठिन हुन्छ भन्ने आशंकाले अध्यक्ष ओलीले निर्वाचनमा जान चाहिरहेका छैनन भने उनीहरु पनि ओलीले सम्मानजनक जिम्मेवारी दिने अपेक्षा सहित चुपचाप बसेका छन्।
बन्दसत्रको एकमतले नेतृत्व छान्ने पुर्ण अधिकार अध्यक्ष ओलीलाई दिएपछि उनीहरुमा उत्साह थपिएको भए पनि माओवादीबाट आएका सबैको ब्यवस्थापन हुदा रैथाने एमालेहरुलाई भाग नुपग्दा बिच्कीने खतरा देखिन्छ।
नेकपाबाट एमाले र नेकपा माओवादी केन्द्र अलग अलग हुदा एमालेमै रहेका कारण निर्वाचित राष्टियसभा सदस्य र प्रतिनिधी सभा सदस्य समेतका पद गुमाएर क्षति ब्यहोरेकाहरुलाई जिम्मेवारी बिहिन बनाउन नहुने अडानमा ओली रहेको भएपनि रैथानेहरुको दवावका कारण सकसमा छन्।
दुई महिना अगाडी प्रथम बिद्यान अधिवेशन भन्दै गोदावरीबाट बिद्यान पारित गरेको एमालेले दुई महिनामै बिद्यान परिवर्तन गरेर ५ जना पदाधिकारी थप्दा समेत ओली निकटहरुलाई नै ओलीले मिलाउन सकेका छैनन्।
ओली निकटहरुनै पदाधिकारीमा टसकोमस नभएपछि उनिहरुलाई सोही पदमा दोहो¥याउने अवस्था आएपछि बादलहरु रनभुल्लमा परेका छन्।