उज्यालो पोष्ट, सैनामैना ।
मंसिर १७ गते शुक्रबार (आज)देखि आफू अहिले बसिरहेकै स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्न सकिने छ ।
निर्वाचन आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहको केन्द्रमा १७ गते अर्थात आजदेखि जिल्लाको तालिका अनुसार मतदाता नामावली दर्ता गर्न सकिने छ ।
१८ वर्ष उमेर पुरा भएका नागरिकले नागरिकताको सक्कल प्रमाणपत्र लिई मतदाता नामावली दर्ता गराउने सकिनेछ ।