माओवादी केन्द्र सैनामैना नगर अध्यक्षमा महत

उज्यालो पोष्ट, सैनामैना ।
नेकपा माओवादी केन्द्र सैनामैना नगर कमिटी अध्यक्षमा पुन मान बहादुर महत निर्वाचित हुनु भएको छ । शनिबार भएको दोस्रो नगर सम्मेलाबाट महत सर्वसम्मत नगर कमिटी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
यस्तै नगर कमिटी सचिवमा दीपक भन्डारि र सह–सचिवमा केशव बिश्वकर्मालाई सम्मेलनले जिम्मा लगाएको छ ।

सैनामैना वडा न.८ मा रहेको सतचिन्तन सामुदायिक प्रतिष्ठानमा भएको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र सैनामैनाका अध्यक्ष मान बहादुर महतको अध्यक्षता, नेकपा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका सासद सुदर्शन बरालको प्रमुख आतिथ्यता, नेता भोला बस्याल, नेता रोमनाथ न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन केशव भण्डारीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation