नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमर सिहं पुन मगर बिजयी हुने निश्चित भएको छ । रामचन्द्र पौडेल निकट रहेका पुनले भरत शाहलाई हराउदै लुम्बिनी प्रदेश सभापतिमा बिजयी हुने पक्का भएको हो ।
१५३० मत गन्दा पुनले ८१५ मत ल्याएका छन भने शाहले ७०२ मत ल्याएका छन । यो नतिजाअनुसार पुन शाह भन्दा ११३ मतले अघि हुनुहुन्छ । अव मात्र १०१ मत गणना गर्न बाकी रहेका छ । सबै मत शाहले पाए पनि पुन नै बिजयी हुने देखिन्छ ।