माओवादी केन्द्र सैनामैनामा पार्टी प्रवेस

नेकपा (माओवादी केन्द्र) सैनामैनाले संगठन निर्माणलाइ तिब्रता दियको छ । यसै क्रममा आज सैनामैना नगरपालिका वडा नं. ५,बक्सडडांमा संगठन निमार्णकै क्रममा बिभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा माओवादी केन्द्रमा प्रबेश गरेका हुन ।
नेपालि जनताको मर्म र भावना बुझ्ने पार्टि नेकपा माओवादी भएको र जनताको असलि पार्टी माओवादी भएको नवप्रवेसि सुदिप रोकाले बताए , २०५२ सालदेखि देशले कविता लेखिरहेको छ । नयाँ गित गाइरहेको छ, नयाँ सङगाीत सुनाइरहेको छ, नयाँ रङ्ग–रोगनमा नयाँ चित्र बनाइरहेको छ, सारमा माओवादी जनताको हो, तेसैले हामि माओवादी भयौ भन्दै उनिहरु प्रवेस गरेका वडा नं. ५ का वडा अध्यक्ष राम प्रसाद भुसालले बताए ।
आज भएको उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नवनिर्वाचित नगर अध्यक्ष नारायण महत्तको प्रमुख आथित्यतामा भएको कार्यक्रमा नगर सचिव दिपक भण्डारी, दोर्ण जिसि, राम बहादुर कुवर, दिपिका शर्मा, राजेन्द्र घिमिरे, तेजेन्द्र सुबेदि, दिपक पछाइ शान्ता बराल लगाएतको उपस्थीति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation