जनचेतना माबिको ३८ औ वार्षिकउत्सब तथा अभिभावक दिवस सम्पन्न

जनचेतना माध्यमिक बिधालयले आफ्नो ३८ औं वार्षिकउत्सव तथा अभिभावक दिबस मनाएको छ । सैनामैना ९,बाँसगढिमा रहेको सो बिधालयले विविध कार्यक्रमका साथ अभिभावक दिवस मनाएको हो ।

बिद्यालयमाको प्राङ्गणमा भएको कार्यक्रम बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष नीर बहादुर पुलामी मगरको अध्यक्षता,सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीको विशिष्ट आतिथ्यता,नगरपालिका शिक्षा शाखा प्रमुख हेमराज अर्याल,सैनामैना नगरपालिका वाड न।९का अध्यक्ष डोलनाथ भणडारिको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अबसरमा बोल्दै टेकराज पन्थीले शिक्षकहरुलाई आइटि मैत्री,शिक्षालाई प्रबिधि मैत्री बनाउन नगरपालिका लागि परेको बताए । बिद्यार्थीहरुको असल आचरण र अनुशासन हुन आबस्यक रहेको कुरा उल्लेख गरे ।

विधार्थीहरुको सर्वाङगिण विकासका लागी पढाईका साथ साथै अतिरिक्त क्रियाकलापमा समाहित गर्न आवश्यक रहेको औँल्याए ।पढाईको स्तरवृद्धि गर्न ब्यबस्थापन समिती,शिक्षकहरुलाई विशेष योजना साथ अघि बढन आग्रह पन्थीले गरे ।

यसैगरि कार्यक्रममा बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष नीर बहादुर पुलामीले बार्षिक कार्यप्रगती र भाबियोजना पेश गरेका थिए ।कार्यक्रमको पुर्बसन्ध्यामा गरिएको बिबिध कार्यकममा बिजेताहुने बिद्यार्थीहरुलाई पुरस्करका साथ सम्मान गरिएको थियो ।

सो अबसरमा बिधालयका प्राचार्य रेसम चालिसेले कार्यप्रगती प्रतिवेदन पेस गरेका थिए । भने, विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका हुन । कार्यक्रममा बिधालयका शिक्षक कृष्ण थापाको स्वागत तथा केशवराज अर्यालको सन्चालनमा सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation