सैनामैनाको जनज्योति आधारभुत विद्यालयमा तोडफोड, नगद ५५ हजार चोरी

रुपन्देहीको सैनामैनामा रहेको विद्यालयहरु पछिल्लो समय असुरक्षित बन्दै गएका छन् । शिक्षादिक्षा दिने पवित्र मन्दिर नै असुरक्षाको घेरामा परेपछि शिक्षा संग सरोकार राख्ने ब्यक्ति एवं अभिभावक चिन्तीत बन्न थालेका हुन् ।

शनिबार सैनामैनाको एक सरकारी विद्यालयमा तोडफोड गरि नगद राशी चोरी भएको छ । सैनामैना वडा न.३ स्थित जनज्योति आधारभुत विद्यालयमा रु.५५ हजार नगद राशी चोरी भएको छ ।

शुक्रबार दिउँसो ४ बजे विद्यालय बन्द गरेपछि आइतबार विहान १० बजे विद्यालयका शिक्षक स्कुल पुग्दा सो घटना भएको पाइएको हो। विद्यालयको प्रशाशनिक कार्यालयको एक दराजमा राखीएको पैसा चोरी भएको हो भने विद्यालयको ल्यापटप समेत फुटाइएको विद्यालयका प्राधानाध्यापक बुद्ध प्रसाद गौतमले जानकारी दिए ।

घटना भए लगत्तै विद्यालयले इलाका प्रहरी कार्यालय रन्यौरा प्रहरीमा निवेदन पेश गरेको छ ।घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कानुनी उपचार गर्न प्रहरीलाई आग्रह गरिएको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामीछानेले बताएका छन् ।घटना कसरी घट्यो, कसले घटायो भन्ने अहिलै नै एकिन नभएको र अनुसन्धान पछि यथार्थ पत्ता लाग्ने प्रहरी निरिक्षक लामीछानेको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation