राजस्व अशूली रहेकै जग्गामा सैनामैना नगरले डोजर चलाएपछि पिडितद्धारा न्यायका लागि अपिल ।

English English Nepali Nepali

रमेश गैरे,

२१ पुष, बुटवल

सैनामैना नगरपालिकाले विगतमा आफैले भूमि कर उठाई रहेको नदि उकास संगै रहेको छुट कित्ताको जग्गामा डोजर लगाउँदा जग्गाधनी मारमा परेका छन् । वडा नं.१ कासिपुरमा संचालित लुम्बिनि गौतमबुद्ध एग्रो फर्म प्रा.लि.ले संचालन गरेको एकिकृत कृषि फर्ममा नगरपालिकाले डोजर लगाएको हो ।

गत पुष ९ गते शनिवारका दिन सैनामैना नगरपालिकाले सार्वजनिक स्थलमा दाहासंकार घाट बनाउने भन्दै गौतमबुद्ध एग्रो फर्म प्रा.लि. ले उपभोग, संरक्षण र जोतभोग गर्दै आइरहेको सो जग्गामा हस्तक्षेप गरेको हो । नगरले डोजर लगाए संगै जग्गाधनी गोमा बञ्जाडेले जनतालाई सेवा सुविधा दिन विकास निर्माण गर्न भनेर चुनिएका जनप्रतिनिधीहरुले नगरबासीको सम्पत्तीमा डोजर लगाउँदा आफूहरु माथी संरक्षक बाट नै प्रहार भएको भन्दै न्यायका लागि अपिल गरेकि छिन् ।
उनले भनिन, “वि.स. २०७१ साल फागुन ५ गते साविक पर्रोहा गाविस वडा नं. २ हाल यसै नगरपालिकाको वडा नं. १ मा बस्ने जितेन्द्र कु चौधरी, डिल बहादुर थारु, चन्द्रमणि भट्टराई बाट चलनचल्तीे घरसारको राजिनामा कागजबाट साविक बुटवल नगरपालिका वडा नं. १४ हाल बुउनपा १२ बस्ने गोमा वन्जाडेले हाल यस सैनामैना नगरपालिकाको बञ्जाडेकै पुर्जावाला १०६ नं. कित्तासंग जोडिएको ५० नं. कित्ताको १४ कट्ठा अ.न. १८३३–०७७–०७८÷२०७७–११–१६ र.नं.५८२४–७७–७८ खाता नं. ४२ अभिलेखिकरण गरी स्वम नगरपालिका रोहवर बसि राजस्व लिई प्रमाणित गरेको जग्गामा स्वंम नगरपालिकाको ठाडो निर्देशनमा भैतिक संरचना भत्काउने देखि संचालकहरु माथि मानसिक तनाव र लगानिमा क्षति हुने कार्य गरेकोले आम सरोकारवालाको चासो वढेको छ ।”

त्यस क्षेत्रमा नेपाल सरकारको निति अनुसार देशलाई आत्मनिर्भर बनाउने, आयतलाई प्रतिस्थापन गर्ने, निर्यात प्रवर्धन गर्ने, रोजगार सिर्जना गर्ने र अर्थतन्त्रलाई योगदान पुर्याउने उद्देश्यले लुम्बिनि गौतमवुद्ध एग्रो फर्म मार्फत करोडौको लगानि गरी एकिकृत कृषि उपजहरु उत्पादन गर्दै आइरहेको छ । राज्यले उत्पादनमा सहजिकरण र बजारीकरणको राम्रो ब्यवस्था नहुँदा पनि यस कम्पनिले उक्त कार्य गर्दै आइरहेको छ । राज्यका सरोकारवाला निकायहरुले कृषि कार्यमा प्रोत्साहन गर्नुपर्ने दायित्व हुँदाहुदै पनि उक्त क्षेत्रमा संम्बन्धित स्थानिय निकायले सहजिकरण गरि सम्भावना, समस्या र समाधान गर्नु पर्नेमा झन पिडा थपिदियको पिडितहरुको गुनासो छ । सैनामैना नगरपालिकाका करीब ५० प्रतिसत जग्गाहरु ऐलानि आठ नम्वरी, नदि उकास, छुट कित्ता, गाउ ब्लक,सार्वजनिक जग्गा स्वयम नगरपालिका रोहवर वसि राजस्व लिई नगरपालिकाको जग्गा प्रशासन साखामा अभिलेख राखि भोगचलन गर्न दिँदै आएको छ । यस्तै प्रकृतिको छुट कित्ता सो जग्गामा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको पिडितहरुले न्यायका लागि अपिल गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2022 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation