तिलाेत्तमा ब्यापार संघले आयोजना गर्ने मेलालाई सबै संगठनले सहयोग गर्ने सहमती

बुटवल पुष २३/ तिलाेत्तमा ब्यापार संघले आयाेजना गर्ने ब्यापार मेलामा तिलाेत्तमा उद्योग ब्यापार संगठनले सहयाेग गर्ने भएकाे छ।

माघ १३ गतेदेखि २४ गते सम्म आयाेजना गर्ने भनेको ब्यापार मेलाका सन्दर्भमा सहमति हुन नसक्दा बिवाद बढेर गएकाे थियोे।

३ बर्ष अघि तिलाेत्तमा नगरमा क्रियासिल रहेका ब्यावसायीक संगठनहरुका बिचमा आलाेपालाेमा मेला सन्चालन गर्ने सहमति भएकाे थियोे।

उक्त सहमति अनुसार गत बर्ष तिलाेत्तमा मेला आयाेजना गर्नुपर्नेमा गतबर्ष काेभिड महामारीको कारण आयाेजना गर्न नसकेकोले यसपटक तिलाेत्तमा ब्यापार संघले आयाेजना गर्ने सहमति भएकाे र त्यसमा अन्य दुई संगठनले सघाउने सहमति कायम भएकाे तिलाेत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जिएमले बताए।

तिलाेत्तमा ब्यापार संघका अध्यक्ष बावुलाल भुसालले मेलाका सन्दर्भमा तिलाेत्तमा उद्योग बाणिज्य संघ र तिलाेत्तमा उद्योग ब्यापार संगठनका बिचमा बिगतकाे सहमति अनुसार नै यश पटक ब्यापार संघले मेला आयाेजना गर्ने र अन्य संस्थाले सहआयाेजककाे रुपमा सघाउने सहमति भएकाे बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation