सैनामैनाका कृर्षकले गड्यौलि मलबारे तालिम लिदै

सैनामैनाका कृषकहरुलाई नगरपालिका र यूएनडिपिको सहकार्य तथा सेतो गुरास बालबिकास संस्थाको ब्यवस्थापनमा २ दिने गड्यौली मल बनाउने तालिम दिईएको छ ।
नगरमा अर्गानिक उत्पादनलाई बढ्वा दिने उद्देश्यले नगरभित्रका कृषकहरुलाई गड्यौली मलतर्फ पे्ररित गर्न यस प्रकारको तालिम दिदै आएको सैनामैनाका प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो । कृषिमा क्रमिक रुपमा सुधार ल्याउन बिभिन्न योजनाहरु बनाउदै आएको समेत कार्कीले बताउनु भयो । “हामी निर्वाचित भएपछि कृषिलाई प्राथमिकतामा राख्दै आएका छौ र कृषक लक्षित पाठशाला संचालन, अनुदानमा बिउ, गोठसुधार, कम्पोष्ट मल, गडयौली मल बनाउने तालिम संचालन, कोल्ड स्टोर निर्माण लगायतका कुरामा ध्यान दिदै आएका छौ” कार्कीले भन्नुभयो ।

प्रशस्त मात्रमा गड्यौली मल उत्पादन गर्न सकेमा यसको ब्यवसायिक रुपमा बजारीकरण गरी प्रशस्त आय आर्जन गर्न सकिने सैनामैनाका उपप्रमुख बिना रानाको भनाई छ ।

बिस्तारै रासायनिक मलको प्रयोगलाई कम गर्दै जानु पर्ने सैनामैनाका कृषि शाखा प्रमुख सिर्जना खनाल सुबेदीले उल्लेख गर्नुभयो । पछिल्लो समयमा रासायनिक मल र बिषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याउदै आएको समेत खनालको भनाई थियो ।

पहिले देखी नै गड्यौली मलको महत्व र फाईदाको बारेमा जानकार भएता पनि बनाउने प्राबिधिक ज्ञानको अभावमा बनाउन नसकिएको तालिममा सहभागी सैनामैना वार्ड नं ८ का कृषक तुल्सीराम पाण्डेले बताउनुभयो । मल बनाउने तालिम संचालन गरी आफुहरुलाई गड्यौली मल उत्पादन गर्ने बिधि सिक्न पाएकोमा पाण्डेले खुसी व्यक्त गर्नुभयो ।

सैनामैनामा छरिएर रहेका समुहलाई एकीकृत गरी गड्यौली मल बनाउने तालिम प्रदान गरेकोमा नगरपालिका र सेतो गुरास बाल बिकास संस्था प्रति कृषकहरु आभारी रहेको बहुतह कृषि फर्मका अध्यक्ष लक्ष्मण पौडेलले बताउनुभयो ।

नगरपालिका र यूएनडिपिको सहकार्य र सेतो गुरास बाल बिकास संस्थाको ब्यवस्थापनमा सैनामैनाका ३० जनालाई गड्यौली मल उत्पादन तथा बजारीकरण सम्बन्धी २ दिने स्थलगत तालिम संचालन गरिएको सेतो गुरास बाल बिकास संस्थाका परियोजना संयोजक प्रदिप राज पाण्डेले बताउनुभयो ।

रासायनिक मलले बोट बिरुवालाई ३ प्रकारको तत्व दिन्छ भने गड्यौली मलले बिरुवालाई आवश्यक स्रोह्रै प्रकारको तत्व प्रदान दिने गर्दछ ।

बिगतमा सैनामैनामा गड्यौली मल उत्पान गर्ने २ जनामा कृषक थिए भने हाल यो संख्या बढेर २० जना भएका छन् । हाल ३० जनाले गड्यौली मल उत्पान गर्ने तालिम लिएका छन । गड्यौली मलको हाल बजार मुल्य रु ५० रुपैया पर्दछ ।

सैनामैना वार्ड ७ को बहुतह कृषि फर्ममा संचालन भएको तालिममा त्रिबि किरण तिमिल्सिना र कृषि प्राबिधिक भगवती न्यौपानेले मल बनाउने प्राबिधिक तालिम दिनु भएको थियो । कार्यक्रममा सेतो गुरास बाल बिकास संस्थाका बिक्रम परियारको सहजीकरण रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation