सैनामैना दलित उत्थान समिति अध्यक्षमा अम्विका परियार

रमेश गैरे, माघ ५
‘समानता, सद्भाव र न्यायका लागि दलित एकता हाम्रो ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ अगाडि बढीरहेको सैनामैना दलित उत्थान समिति, सैनामैनाको प्रथम नगर सम्मेलनले अम्बिका परियारको अध्यक्षतामा उनन्तीस सदस्यीय नया कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
गत पौष २८ गते रामापुर सत्िचन्तन भवनको सभाहलमा भएको साधारण सभाले सर्वसम्मत नेत्रृत्व चयन गर्न नसक्दा, सम्मेलन लम्बियको थियो । सम्मेलन उद्धघाटन सत्र सकिएको ६ दिन पछि आज बसेको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

उद्धघाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननिय छविलाल विश्वकर्माले भने, संस्कृतिक रुपान्तरण विना जातिय आन्दोलन धरापमा पर्ने हुदा पुरानो समाजको खराब रीतिरिवाज, चालचलन, आचार–व्यवहार सबैलाई परित्याग गरि असल कुराहरुलाई आत्मसात् गर्नु र जातिय आधारमा हुने कुनैपनि विभेदको बिरुद्धमा उभिन आग्रह गर्दै, चेतनामा बृद्धि गर्नुपर्ने बताएका थिए । कार्यक्रमा सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्किले सैनामैनामा दलित अधिकारका लागि नगरले सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको र जातिय बिभेदका निम्ती आफु कठोर भएर उभिने बताएका थिए ।
अतिथिकै रुपमा नेकपा माओवादी केन्द्र सैनामैनाका अध्यक्ष मान बहादुर महत्त(नारायण) ले शब्दमा नया संस्कृतिको कुरा गर्ने तर कर्ममा पुरातन संस्कृतिलाई अंगालिरहने प्रवृत्तिको बिरुद्धमा नलागेसम्म दलित मुक्ती नहुने ठोकुवा गर्नुभयो । नेपालि जनयुद्ध समग्र नेपालि इतिहासकै एक महान युगान्तकारी परिघटना भएको र समाजको सम्पूर्ण क्षेत्रलाई पूरै प्रभाव पारेको वताउदै, दलित मुक्तीको लागि माओवादी केन्द्र कोषेढुङगा भएको बताए । नेपालि कम्यूनिष्ट आन्दोलनले २००६ सालदेखि २०५२ सम्म गुणत्मक फड्को हान्न नसक्नुको कारण कम्यूनिष्ट आन्दोलन हाकिरहेका नेताहरुमा जातिय र सांस्कृतिक रुपान्तरण नहुनु एउटा मूख्य कारण रहेको वताउदै अव रुपान्तरण हुनुको बिकल्प नरहेको बताए ।
सैनामैना दलित उत्थान समिति अध्यक्ष सुरज वरालको सभापतित्वमा भएको कार्यक्रममा लुिम्बनी प्रदेश सभा सदस्य माननिय कमलादेवि विश्वकर्मा, नेपालि कांग्रेस लुम्विनि प्रदेश सदस्य रवि विश्वकर्मा, कांग्रेस सैनामैना सभापति रण बहादुर खनाल, नेकपा(एमाले) सैनामैना अध्यक्ष चेतनारायण न्यौपाने लगाएतले आ–आफ्नो धारण राखेका थिए ।

कार्यक्रममा सस्थाले गरेको बार्षिक प्रतिवेदन सस्थाका महा–सचिव सन्तोष परियार र आर्थिक प्रतिवेदन सस्थाका कोषाध्यक्ष माया रसाईलीले प्रस्तुत गरेका थिए । सैनामैना दलित उत्थान समितिको नवनिर्वाचित अध्यक्षमा अम्विका परियार, उपाध्यक्ष अस्मिता सुनार, जयलाल विक, महासचिवमा केशव विश्वकर्मा, सचिव समुन्द्र नेपालि, कोषाध्यक्षमा माया रसाईलि लगायत २९ सदस्यीय नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation