तिनाउकाे सत्यवतीमा सिलाई कटाई तालिम

पाल्पा- जिल्लाकाे तिनाउ गाउँपालिका वडा न ४ सत्यवतीकाे गीजनचाैर र बाैरीडाँडा टाेलकाे २५ जना महिलाहरूलाई सिलाई कटाइ तालिमकाे साथमा एक एक वटा सिलाई मेसिन प्रदान गरिएको छ । “गरिबीलाई राेजगार,समृद्ध तिनाउकाे आधार ” भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु उधम कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनुभयो ।


अध्यक्ष घर्ती मगरबाट उद्घाटन गरिएको उक्त कार्यक्रममा लघु उधम विकास कार्यक्रमका फाेकल पर्सन तुल बहादुर घर्ती,वडा सदस्य गीर बहादुर आले,स्थानीय वृद्धिजिवि तुल बहादुर आले लगाएतले उक्त तालिमले सहभागी महिलाहरूलाई उधमी बनाउनेमा विश्वास व्यक्त गर्नुभयाे । लघु उधम विकास कार्यक्रमकाे सहजकर्ता अन्जु क्षेत्रीले संचालन गर्नुभएको कार्यक्रमकाे अध्यक्षता वडा न ४ का वडा अध्यक्ष दान बहादुर गाहाले गर्नुभएको थियाे ।

३ महिना सम्म सञ्चालन हुने उक्त सिलाई कटाई तालिममा गाउँपालिकाले २५ जना महिलाहरूलाई २ जना प्रशिक्षक, एक एक वटा सिलाई मेसिन,खाजा तथा यातायात खर्च एवम तालिमलाई आवश्यक पर्ने सामाग्रीहरू सहयोग गर्ने गाउँपालिका अध्यक्ष घर्ती मगरले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation