Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'create_post_type' not found or invalid function name in /home/ujyaalopost.com/public_html/wp-includes/class-wp-hook.php on line 341

सैनामैना स्मार्ट कृषि सहकारी संचालनमा

उज्यालो पोष्ट, सैनामैना ।
“समृद्ध सैनामैनाका लागी स्मार्ट सहकारी “ भन्ने मुख्य नारा बोकेर रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा सैनामैना स्मार्ट कृषि सहकारी संस्थाको स्थापना गरिएको छ । सैनामैना ५ मा रहेका कृषकहरुलाइ गोलबद्ध गर्ने लक्ष्य सहित सहकारी सञ्चालन गर्न लागिएको सस्थाका अध्यक्ष जिवनाथ पाण्डेले जानकारी गराउनुभयो।

शनिवार बुद्धनगरचोकमै भएको शुभारम्भ समारोहमा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले आफ्नो तर्फबाट सहकारीलाई पुर्ण सहयोग गर्ने र सम्पुर्ण कृषकका समस्याहरु समाधान गर्न नगरपालिका लाग्ने बताउनुभयो । साथै कृषकले उत्पादन गरेका कृषि सामाग्रीलाई लामो समयसम्म राख्न सैनामैना नगरपालिकाले चिस्यान केन्द्र सन्चालनमा ल्यान लागेको समेत जानकारी गराउनुभयो ।

सस्थाका अध्यक्ष जिवनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यसै क्षेत्रका विभिन्न राजनैतिक दलका प्रतिनिधि, आमा समुह, युवाकलवका प्रतिनिधि तथा स्थानिय संचारकर्मीको उपस्थीत रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation