को हुन् त पदम क्षेत्री ? अनि भोट किन दिने !

उज्यालो पोष्ट, सैनामैना ।
बुवा चन्द्र बहादुर क्षेत्री र आमा फुलकुमारी क्षेत्रीको कोखवाट वि.सं २०२१ साल आषाढ ४ गते भारतको पश्चिम बंगालको कोलकत्ता भन्ने ठाउमा जन्मिए पदम क्षेत्री ।
पदम क्षेत्रीकोे बाल्यकाल एकदमै सुखमय तरिकाले कोलकत्तामै विताए । कक्षा १२ सम्म कलकत्तामा नै इन्जिनियरिङ पढे । २०३८ सालमा एस.एल.सि र २०४१ सालमा आई.एस.सि पस गरेपछि मात्र उनी नेपाल फर्किए । फर्किए लगतै भने उनि शिक्षण पेशामा आवद्ध रहे अर्घाखाचीको ढाकाबाङ, पिपलनेटाको विश्व मा.वि मा २०४१ चैत्र २७ देखी २०४८ सम्म निरन्तर अध्यापन गरे, २०५१ सालमा टिकामाया शर्मा संग विहे गरेका उनको अहिले परिवारमा ३ छोरा र १ छोरी रहेका छन् ।

पछि सामाजिक काममा लाग्ने तिव्र इच्छाका कारण उनले जागिरबाट भने अवकाश लिए । यसो त उनी क्याम्पस पढ्दादेखीनै राजनितीमा रुचि राख्दथे । २०४१ सालदेखि नेकपा मसालको नजिक रहेर ढाकाबाङबाट राजनिति सुरु गरी २०४४ सालमा उनले नेकपा मसालको जिल्ला सदस्यको जिम्मेवारी पाए, जुन उनको जीवनको सबैभन्दा महत्तवपूर्ण र खुसीको क्षण रहयो ।

भारतमा रहदा उनले सेतो धर्ती, रातो लालटिन लगाएतका पुस्तकहरु अध्ययन गरेपश्चात अध्ययनप्रति र राजनीतिप्रति लगाव बढ्यो । नारायण शास्त्री र कुलानन्द बंन्जाडेको प्रशिक्षणबाट उनी झनै प्रभावित भए ।
२०४६ सालमा उनी २५ वर्षका थिए त्यतिवेला देशमा पंन्चायत विरोधी आन्दोलन चर्किरहेको थियो, सो आन्दोलनमा पार्टीले धारापानी, ढाकाबाङ, खिलजी, अमरकोट र गोखुङगाकोे जिम्मा उनलाई दिएको थियो । पार्टीको निर्देशन अनुसार उनले आफ्नो जिम्मेवारी पूर्णरुपमा सफल पारे । उनले सफल मात्र गराएनन् उक्त क्षेत्रमा कम्युनिष्टहरुको लाल झण्डा समेत फहराउन सफल भए ।

पछी कालो संविधान भन्दै अर्को आन्दोलन सुरु भयो । पन्चायतकालको अनुभुती आजको दिन सम्म आउदा सम्झनाको रुपमा रहेको छ । जीवनमा धेरै उतारचढाव पश्चात नेकपा मसाल संग मतभेद भयो र २०६३ सालमा नया पार्टि स्थापना भयो– राष्ट्रिय जनमोर्चा नेपाल ।

लगतै पदम क्षेत्रीले १५ महिना सम्म अर्घाखाँची जिल्लाको अध्यक्षको जिम्मेवारी सम्मालेर राष्ट्रिय जनमोर्चा नेपाल पार्टिको गतिविधी अगाडी बढाए । पछि, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा नेपालको राष्ट्रिय मुद्धाहरु ठिकछन भन्ने ठानेर पार्टि एकताको अवधारण ल्याए ।

२०६५ सालमा माओवादी संग पार्टि एकता भयो र काठमान्डौमा घोषण सभा सम्पन्न भयो र पार्टि एकता पश्चात क्षेत्री लुम्विनी प्रदेशको सदस्य र जिल्ला कमिटि सदस्य हुदै विभिन्न मोर्चा समाल्दै पार्टिलाई अगाढी बढाउदै सामाजीक क्षेत्रमा दौडिरहेका छन् । २०७४ सालको स्थानिय तहको निर्वाचनमा उनि मालारानी गाउपालिकाको अध्यक्षमा उठे तर जित हासिल गर्न भने सकेनन् । एक पटक पराजय भएतापनि निरन्तर संर्घष गर्नुपर्छ भन्ने विचार राख्ने उनि अहिले फेरी मालारानी गाउपालिकाको अध्यक्षमा उठेका छन् ।

विभिन्न संघर्ष गदै आजको दिन सम्म आइपुग्दा कति ठाउमा सफल भए भने, कतिपए ठाउमा असफल भए तर पनि पदम क्षेत्रीको मन कहिल्यै विचल्लीत भने भएन, झन उर्जा जोज थपियो उनमा, त्यसकारण पनि मालारानी गाउपालिकाको अध्यक्षपदको वलियो खम्वाको रुपमा उभिएका छन् ।

समग्र मालारानी गाउपालिकाको समृद्ध विकासको लागी पनि अव युवालाई जिम्मेवारी दिनु पर्छ । त्यो पनि पदम क्षेत्री जस्ले गरिव दुखी भुमिहिन सुकुम्वासी दलितका मुद्धा वोकेर दिन रात भोको पेट नभनी दौडिरहेका छन् । यस्ता युवालाई जिताएर थप उर्जा भर्ने काम अव भने तपाइ हाम्रो काधमा रहेको छ ।

पदम क्षेत्रीलाई सफलताको धेरै धेरै शुभकामना ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation