सैनामैनामा बनाइएको खुल्ला व्यायमशाला प्रयोगविहिन

English English Nepali Nepali

रुपन्देहीको सैनामैना नगरपालिका खेल मैत्री नगरपालिका बनाउने भन्दै मोटो रकम छुट्याएको छ । । खेलकुदमा विभिन्न कार्यक्रम आयोजना राख्दै आएको सैनामैनाले खुल्ला ब्यायामशालाको अबधारणा पनि अगाडि सारेको थियो । खुल्ला ठाँउमा जुन सुकै समय र उमेर समूहका लागि व्यायाम गर्न मिल्ने गरि खुल्ला व्यायामशाला निर्माण गरिने भनियपनि ति योजना अलपत्र परेका छन ् ।

नगरपालिकाको वडा नम्बर २ को बोलबम पार्क, वडा नम्बर ६ को मलमला मन्दिर परिसर र वडा नम्बर ११ को बनकट्टीमा अहिले व्यायमशाला निर्माणका लागि ४५ लाख रुपैयाँ बजेट छुट्टाइएको सैनामैना नगरपालिकाले जनाएको छ । व्यायामशालाको निर्माण यसैबर्ष सम्पन्न हुने गरी उपभोक्ता समिति समेत गठन भइ काम अघि बढेको भनिएपनि हालसम्म यसले पुर्णता पाउन सकेको छैन ।

सस्तो लोकप्रियताका लागि गरियको महत्वकाक्षि योजना दिगो नहुनेमा कुनै संका छैन किनकि न त यसको कुनै सुरक्षा छ न त बर्षा याममा ओत लाउने छानो छ । घाम र पानि ओताउने छानो नहुदा ति सामान खिया लाइसके भने सार्वजनिक व्यमसालामा जाने मानिसहरु देखिदैनन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2022 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation