अर्थमन्त्री जनार्दन शर्माले पत्रकाहरुलाई सरकारको तर्फबाट १० लाख रुपैयाँ सहुलियत ऋण दिने बताएका छन्।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे उठेका प्रश्नको जवाफ दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। ‘पत्रकारहरुलाई ऋण दिने भन्ने कुरा साँचो हो । हामीले त्यसको योजना बनाएका छौँ ।’ उनले भने, –बजेट वक्तव्यको कुनै कुरामा पनि त्यो समावेश थियो। तर छुट्न पुगेछ। त्यसलाई हामी हामी लागु गर्छौँ ।’
उनले पत्रकारहरुले प्रश्न गर्न नपाउने गरी बजेटमा राख्न छुटे पनि लागु गर्ने बताए। उनले भने, ‘यसबारेमा पत्रकारहरुले प्रश्न गर्न नपाउने बनाउन पाएको भए राम्रो हुन्थ्यो तर पत्रकारहरुका लागि हामी यो सुविधान उपल्बध गराउँछौँ।’
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ujyaalopost.com/public_html/wp-includes/functions.php on line 6170










