रुपन्देहीको कपास उद्योगमा भीषण आगलागी

बुटवल — रुपन्देहीको सैनामैनामा रहेको एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना–६ कलौनीको पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा शुक्रबार बिहान ४ बजेदेखि आगो लागेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विद्युत् सट भएका कारण आगो लागेको हुनसक्ने बताएको छ ।

सैनमैना, बुटवल लगायतका ३ वटा दमकल प्रयोग गरेर अहिले आगो निभाउने काम भइरहेको छ । बस्ती जोगाउन उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीय खटेका छन् । यधपि आगो पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation