![](https://ujyaalopost.com/wp-content/uploads/2022/06/er.jpg)
साया किरण । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो ।
‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर !’, ‘मा.प.से सरकार मुर्दावाद !’ भन्दै अनेरास्ववियु सैनामैना नगर कमिटिद्वारा सडक आन्दोलन तथा चक्काजाम गरिएको छ । काङ्ग्रेस नेतृत्वको सरकारल पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरि जनताको जीवनमाथि खेलवाड गरेको र ढाड सेक्ने काम गरेको भन्दै आज रुपन्देहीको सैनामैना–६ कलौनीमा विद्यार्थीहरुले आन्दोलन गरेका हुन ।