पेट्रोलियम पदार्थको मूल्य बढेसगैँ कति % ले बढ्यो गाडी भाडा ?

देउवा सरकारले नेपाली जनतालाई मारमा पार्ने निर्णय निरन्तर गरिरहेको छ । देउवा सरकारको निर्देशमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको मुल्य यथावत रहेको आयल निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो यसैबीच पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकै दिन सरकारले सार्वजनिक यातायातको भाडा पनि पुनः वृद्धि गरेको छ।

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर ३.७ प्रतिशतसम्म बढाएको हो।यसअघि सरकारले जेठ ११ गते मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो। नेपाल आयाल निगमले आजदेखि लागू हुने गरी डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएको थियो।इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको भन्दै विभागले २.५ प्रतिशतदेखि ३.७ प्रतिशतसम्म भाडा बढाएको हो।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation