एडिबीको सहकार्यमा लुम्बीनिका ६ स्थानीय तहमा योजना संचालनका लागि छलफल

रुपन्देही र पश्चिम नवलपरासीका स्थानीय तहहरुमा एशियाली विकास बैंकको सहकार्यमा विकासका योजना संचालनका लागि छलफल भएको छ ।

बुधवार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको अध्यक्षतामा पश्चिम शहरी करिडोर ९६ वटा स्थानीय० अन्तरगतका नगरका प्रमुख र एडिबी प्रतिनिधिबीच छलफल भएको हो ।

पश्चिम करिडोर अन्तरगत रुपन्देहीको सिद्धार्थनगर, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक, देवदह, सैनामैना र पश्चिम नवलपरासीको रामग्राम गरी ६ वटा नगरपालिकामा विकासका ठूला योजनाहरु संचालनका छलफल गरिएको हो ।

पश्चिम करिडोरका स्थानीय तहहरुमा विकासका योजनाहरु संचालनका लागि भएको छलफल सकारात्मक रहेको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताए ।

‘विकासका लागि एडिबीसगँ भएको छलफल सकारात्मक रह्यो’ तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले भने, ‘छिट्टै नै स्थानीय तहरुमा पूर्वाधार विकासका योजनाहरु संचालन हुनेछन् ।’

छलफलको क्रममा एडिबीको वरिष्ठ शहरी विकास विज्ञ लक्ष्मी शर्माले एडिबीले संचालन गर्न सक्ने योजना लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

सिद्धार्थनगर नगरपालिकाको प्रमुख इस्तियाक अहमद खानले एडिबीको सहकार्यमा तहहरुमा संचालन हुने योजनाले नगरहरुका विकासमा थप टेवा पुग्ने बताए ।

उनले समयमै योजना सम्पन्न गर्नका लागि तहका कर्मचारीहरुको मुख्य भुमिका रहने भएकोले सबै स्थानी तहका कर्मचारीले आफ्नै नगरको रुपमा काम गरेर मुलुकमा नमुना नगरहरुको रुपमा स्थापति गर्न आग्रह गरे ।

तहका प्रमुखहरुले एडिबीको सहकार्यमा संचालन हुने योजनाहरु समयै सम्पन्न गर्न प्रतिवद्धता जनाए ।

छलफलमा एडिबीले तहहरुले अ आफ्नो क्षेत्रमा संचालन गर्न सकिने विकासका योजनाहरु ३ महिना भित्र डिपिआर तयार गर्न आग्रह गरेको छ ।

योजना सम्पन्न पश्चात् स्थानीय तहहरुको मुहार फेरिने विश्वास गरिएको छ । यसले सम्बन्धित तहका वासिन्दाहरु लाभान्वित हुने एडिबीको विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation