मेगा बैंकका कर्मचारीद्धारा सैनामैनाको बौद्धिक अपाङ्गता सेवा केन्द्रमा सहयोग

रुपन्देहीको सैनामैना नगरपालिकामा मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुले खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।

नगरको वडा नं. ८ मा रहेको बौद्धिक अपाङ्गता सेवा केन्द्रमा उनीहरुले आज एक कार्यक्रमको आयोजना गरि उक्त शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

मेगा बैंक लुम्बिनी प्रदेशका विभिन्न शाखाहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफ्नो आम्दानीमध्येबाट स्वेच्छिक रुपमा केही रकम संकलन गरि सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तर्गत उक्त अपाङ्गता सेवा केन्द्रमा सामग्री सहयोग गरेको बैंकका सैनामैना शाखाका रिलेसनसिप म्यानेजर डिल्लिराज पौडेल ले जानकारी दिनुभयको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation